काठमाडौं । एबेरेची एजेको उत्कृष्ट प्रदर्शनप्ररित लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिगमा टोटनहमविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै आर्सनलले १२ खेलमा २९ अंक जोडेको छ । पराजित टोटनहम समान खेलबाट १८ अंका साथ नवौं स्थानमा छ ।
आइतबार इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन एजेले ह्याट्रिक पूरा गर्दा लियान्द्रो ट्रोसार्डको नाममा एक गोल रह्यो । टोटनहमका लागि रिचार्लिसनले गोल फर्काए ।
खेलको ३६औं मिनेटमा ट्रोसार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै एजेले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुआतमै एजेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ५५औं मिनेटमा रिचार्लिसनले टोटनहमका लागि गोल फर्काए ।
एजेले ७६औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
आइतबारै सम्पन्न अर्को खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडविरुद्ध २१ को जित दर्ता गर्यो ।
