काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईमा सट्टेबाजी गराउन खोज्ने आठ भारतीय नागरिकलाई प्रक्राउ गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएअनुसार अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने गरि रकम लगानी गरी सट्टेबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय नागरिकलाई काठमाडौं १४, बल्खुबाट नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द वसल छन् । यी सबै भारतको आन्दा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल काठमाडौं २६ सामाखुसीमा बस्दै आएका छन् ।
नेपाली क्रिकेट पनि पछिल्ला वर्षहरुमा सट्टेबाजहरुको निसानामा पर्दै गएको अवस्थामा पक्राउ परेकाहरुमाथि विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार पनि सट्टेबाजी गराउन खोज्ने एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको थियो ।
