माघ १८, २०८२ आइतबार | १६:१४:१५
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

जितको खुशी भए पनि खेल सन्तोषजनक भएन: प्रशिक्षक कटुवाल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले फ्रेन्ड्स क्लबविरुद्धको जितबाट खुशी भए पनि खेल सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन् । दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सका डिफेन्डर रोनेल एन्थोनी पौलले गरेको आत्मघाति गोलमा मछिन्द्रले कठिन जित निकालेको थियो ।

सोही जितसँगै शीर्ष स्थानमा कम्तिमा १ अंकको अग्रता निश्चित गरेको मछिन्द्रका प्रशिक्षक कटुवालले खेलपछिको पत्रकार सम्मेलनमा खेल सोचे जस्तो नभए पनि जितबाट खुशी भएको बताए ।

‘तीन अंक आउँदा खुशी छु । तर, (विपक्षी टोलीलाई) कम आँकेको कारणले गर्दा खेल सोचे जस्तो भएन,’ उनले भने, ‘सबै टोली बलियो प्रतिस्पर्धी छन् । यो खेल गाह्रो हुन्छ भन्ने थाहा थियो । उनीहरू रेलिगेसनबाट बच्न सतप्रतिशत इफोर्ट लगाएर खेल्छन् भन्ने थाहा थियो ।’

सुरुमै गोल ननिस्किँदा खेलमा आफ्नो टोलीलाई गाह्रो भएको उनले बताए ।

‘सेटपिसमा पाएका मौका ‘कन्भर्ट’ गर्न नसक्दा र हाइ प्रेसिङ खेलेर पनि गोल गर्न नसक्दा काउन्टर अट्याकमा गोल खाने मौका हुन्छ, फ्रेन्ड्सले त्यसरी आक्रमण पनि गरेको थियो,’ उनले भने, ‘तर गोल भएन त्यसबाट हामीलाई फाइदा नै भयो ।’

स्टार खेलाडीहरू धेरै भएर पनि टिम व्यवस्थापनमा केही समस्या नरहेको स्पष्टीकरण दिँदै प्रशिक्षक कटुवालले फरवार्ड लाइनमा भने सन्तुलनको कमी देखिएको बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।