चैत्र १२, २०८२ बिहीबार | १३:११:१७
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

जितको खुशी भए पनि खेल सन्तोषजनक भएन: प्रशिक्षक कटुवाल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले फ्रेन्ड्स क्लबविरुद्धको जितबाट खुशी भए पनि खेल सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन् । दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सका डिफेन्डर रोनेल एन्थोनी पौलले गरेको आत्मघाति गोलमा मछिन्द्रले कठिन जित निकालेको थियो ।

सोही जितसँगै शीर्ष स्थानमा कम्तिमा १ अंकको अग्रता निश्चित गरेको मछिन्द्रका प्रशिक्षक कटुवालले खेलपछिको पत्रकार सम्मेलनमा खेल सोचे जस्तो नभए पनि जितबाट खुशी भएको बताए ।

‘तीन अंक आउँदा खुशी छु । तर, (विपक्षी टोलीलाई) कम आँकेको कारणले गर्दा खेल सोचे जस्तो भएन,’ उनले भने, ‘सबै टोली बलियो प्रतिस्पर्धी छन् । यो खेल गाह्रो हुन्छ भन्ने थाहा थियो । उनीहरू रेलिगेसनबाट बच्न सतप्रतिशत इफोर्ट लगाएर खेल्छन् भन्ने थाहा थियो ।’

सुरुमै गोल ननिस्किँदा खेलमा आफ्नो टोलीलाई गाह्रो भएको उनले बताए ।

‘सेटपिसमा पाएका मौका ‘कन्भर्ट’ गर्न नसक्दा र हाइ प्रेसिङ खेलेर पनि गोल गर्न नसक्दा काउन्टर अट्याकमा गोल खाने मौका हुन्छ, फ्रेन्ड्सले त्यसरी आक्रमण पनि गरेको थियो,’ उनले भने, ‘तर गोल भएन त्यसबाट हामीलाई फाइदा नै भयो ।’

स्टार खेलाडीहरू धेरै भएर पनि टिम व्यवस्थापनमा केही समस्या नरहेको स्पष्टीकरण दिँदै प्रशिक्षक कटुवालले फरवार्ड लाइनमा भने सन्तुलनको कमी देखिएको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो