काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी मिडफिल्डर अनिता बस्नेतले गर्ने भएकी छन् ।
प्रशिक्षक नवीन न्यौपानेले नियमित कप्तान सावित्रा भण्डारीको अनुपस्थितिमा अनितालाई कप्तानी जिम्मेवारी दिएका हुन् । यसैगरी प्रशिक्षक न्यौपानेले गोलपिकर उषा नाथ र मिडफिल्डर पूर्णीमा राईलाई पनि पहिलो रोजाईमै मौका दिएका छन् ।
रक्षापंक्तिमा हीराकुमारी भुजेल, निशा ठोकर, विमला विक र प्रतिक्क्षा चौधरी छन् ।
मिडफिल्डमा कप्तान अनिता र पूर्णीमासहित सरु लिम्बु र सरस्वती हमाल छन् । आक्रमणको जिम्मेवारी मीना देउवा र रश्मीकुमारी घिसिङले पाएका छन् ।
खेल सिक्किमको पाल्जोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन् । यी दुई सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । याे प्रतियोगितामा इरानकाे पनि सहभागिता थियाे ।
इरानसँग ३-० ले पराजित नेपालले भारतलालाई २-१ ले हराएकाे थियाे ।
