भाद्र २७, २०८२ शनिबार | २०:३४:५४
सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल श्रीलंका पुग्यो यु-१७ फुटबल टोली नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल श्रीलंका पुग्यो यु-१७ फुटबल टोली नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान

नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले देशमा लिग नहुँदा बंगलादेशमा खेल्न जानुपरेको बताएका छन् ।

बंगलादेश प्रिमियर लिगको क्लब ब्रदर्थ युनियनमा आबद्ध भएका फरवार्ड अञ्जन ढाका पुगिसकेका छन् । ‘ यो देशको राष्ट्रिय फुटबल खेलाडी भएको नाताले, देशमा धेरै वर्षदेखि फुटबलको लिग नहुँदा बाध्यतावश छिमेकी देश बंगलादेश लिग खेल्न आउनुपरेको छ । दुई छाक टार्न र बाबा-आमाको सपना, इच्छा पूरा गर्न अरूको देशमा आइपुगेको छु । सम्पूर्ण खेलाडी अहिले बेरोजगार छन्,’ अञ्जनले फेसबुकमा लेखेका छन्, ‘ एन्फालाई मेरो बिन्ती छ, अब चाहिँ फुटबल लिग फर्काउने वातावरण चाँडो भन्दा चाँडो  निर्माण गरियोस् ।’

अञ्जनसँगै मिडफिल्डर एरिक विष्ट, रक्षकद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ पनि ब्रदर्स युनियनमा आबद्ध भएका छन् ।

अञ्जनले अहिले नेपाल आमा रोइरहेको अवस्थामा आफूले केही गर्न नसकेको र विदेश खेल्न जानुपरेको बाध्यता स्वीकारेका छन् । ‘के भन्नु दुर्भाग्य, मेरो नेपाल आमा रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ । अन्जान युवाहरू सुनौलो भविष्यको आशा बोकेर सडकमा देशको लागि बलिदान दिएर सहिद भएका छन्,’ उनले लेखेका छन्, ‘मलाई पनि कहाँ इच्छा थियो र नेपाल आमा रोइरहेको देख्ने ? कस्को श्राप लाग्यो मेरो नेपाल आमालाई ? मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ ।’

 हरि खड्का र निराजन रायमाझीसँगै नेपालका लागि सर्वाधिक १३ गोल गरेका अञ्जनले नेपाल फर्केर देशका लागि केही गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका क्रममा शहिद भएका सम्पूर्णलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS