भाद्र २७, २०८२ शनिबार | ११:२५:२३
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए

काठमाडौं । इङ्लिस प्रिमियर लिग २०२५-०२६ मा भर्खर तीन चरणका खेल सकिएको छ । तर यत्तिकैमा एक प्रशिक्षक भने बर्खास्तगीमा परिसकेका छन् । यी अभाग्यशाली प्रशिक्षक हुन्, नुनो एस्पिरिटो सान्तो । अनि क्लब हो, नटिङघम फरेस्ट । अरू फरक परिस्थितिमा भएको भए  सान्तोले आफ्नो जागिर गुमाउने नै थिएनन् । सबैभन्दा पहिले अलिकति पृष्ठभूमि । यसका लागि सन् २०२३-०२४ को सिजन फर्किनुपर्ने हुन्छ ।

सिजन अन्त्यतिर थियो, सबैलाई लागिरहेको थियो, फरेस्ट अब रेलिगेसनमा पर्नेछ । यस्तोमा  सान्तोले क्लबको जिम्मेवारी पाए । उनी के आए क्लबले प्रिमियर लिगमा आफ्नो अस्तित्व बचायो । अब पोहोरको सिजन । त्यसमा त फरेस्टले गजब नै गर्यो भन्दा हुन्छ । सन् २०२४-२०२५ को पूरा सिजन फरेस्टले शीर्ष चारका लागि लगातार चुनौती पेस गरिरह्यो । अन्त्यमा सातौं स्थानमा रह्यो, सिजन सकिँदा ।

धेरै धेरैपछि फरेस्टले यसै कारण युरोपमा खेल्दै छ । यो त गजब उपलब्धि हो नि ? तर क्लबका मालिक इन्गगेलास मारिनाकिसलाई यस्तो लागेन । यी हुन्, ग्रिसका धनाढ्य । खासमा यी प्रशिक्षक र ती मालिकबीच धेरै कुरामा बेमेल थियो । दुवैको कुरै मिल्दैनथ्यो । पोहोरको सिजनको अन्त्यतिर यी क्लब मालिकले आफ्नो प्रशिक्षकसँग मैदानमै सबैको अगाडि झगडा गर्न खोजेका थिए ।

 सुरुदेखि नै अनुमान थियो,  सान्तो  बाहिरिँदा भित्रिने पोस्टकोग्लु नै हुनेछन् ।

त्यसैले अहिलेको सिजनको सुरुमै भनिएको छ,  सान्तो ढिलोचाँडो बर्खास्तगीमा पर्नेछन् । आखिरमा यस्तै भयो, उनले तीनै चरण मात्र फरेस्टलाई हेर्न भ्याए । यहाँनिर एउटा महत्त्वपूर्ण तथ्य के भने पोर्चुगाली सान्तो फरेस्टका समर्थकमाझ साह्रै लोकप्रिय छन् । सारमा कुरा के भने जतिबेला फुटबल धनीको खेल हुन्छ, मालिकले कुरा नमिल्दैमा प्रशिक्षकलाई बर्खास्त गर्न पाउँछ । भलै, ती प्रशिक्षकले राम्रै काम किन गरेको नहोस ?

नटिङघम फरेस्टका पूर्व प्रशिक्षक नुनो एस्पिरिटो सान्तो

अब नयाँ प्रशिक्षकको कुरा ।  सान्तोको बर्खास्तगीसँगै फरेस्टले नयाँ प्रशिक्षक पाइसकेको छ । उनी हुन्, एन्गे पोस्टेकोग्लु । सुरुदेखि नै अनुमान थियो, सान्तो बाहिरिँदा भित्रिने पोस्टकोग्लु नै हुनेछन् । यी अस्ट्रेलियाका प्रशिक्षक एक/दुई महिना जति समय बेरोजगार रहे । उनलाई पछिल्लो सिजनको अन्त्यमा टोटनहमले बर्खास्त गरेको थियो । उनको बर्खास्तगीको कथा पनि आफैमा अनौठो छ ।

पछिल्लो लिगमा टोटनहमको प्रदर्शन साँच्चै खराब रह्यो । यो उत्तरी लन्डन क्लब १७औं स्थानमा रहेको थियो, ठ्याक्कै रेलिगेसन क्षेत्रभन्दा माथि । तर त्यही सिजन टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपा लिगको उपाधि भने जित्यो । त्यसै कारण टोटनहम यस सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो । उपाधि जित्न बिर्सेको टोटनहमका लागि यो ठूलै उपलब्धि थियो ।

तर यति हुँदाहुँदै उनी पनि बर्खास्तगीमा परे । उनलाई हटाउनेमा निर्णायक रहे, टोटनहमका ड्यानिएल लेभी । उनी पनि धनाढ्य व्यवसायी नै हुन् । के यो अन्याय नै थियो त ? धेरै हदसम्म । तर यिनै पोस्टेकोग्लु लामो समय खालि बस्नुपरेन । लगभग तुरुन्तै जसो काम पाए फरेस्ट हेर्ने । टोटनहममा पनि एउटा तथ्य निश्चित भएको छ, फुटबल धनीको हुन्छ भने जे पनि हुनसक्छ ।