भाद्र २७, २०८२ शनिबार | ११:३५:४१
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने
शनिबारको दिन खेलाडी डटकम

युरोपका लिग कस-कस्ले जित्लान् ?

काठमाडौं । भुगोलले सानो भए पनि अर्थतन्त्र र स्तरीय प्रतिस्पर्धाका हिसावमा युरोपलाई विश्व फुटबलको राजधानी मानिन्छ । शंसारको जुनसुकै कुनामा भर्खर फुटबल हान्न थाल्दा एउटा बालकले उही सपना देख्छ, ‘युरोपबाट व्यावसायिक फुटबल खेल्ने ।’

क्लबले फुटबलका लागि गर्ने खर्च र दिने महत्वमात्र होइन पूरा महादेशले यो खेललाई संस्कारका रुपमा अपनाउने कारण पनि युरोप फुटबलको नीर्विवाद केन्द्र बन्न सफल भएको हो । प्राचिन इतिहास प्रष्ट छैन । फुटबलको जन्म कहाँ भयो भन्ने विषयमा विभिन्न मतभेदहरु पाइन्छन् । खासगरि इतिहासकारहरुले हालको चीन, बेलायत, इटाली र ग्रिसलाई फुटबलको जन्मभूमिका रुपमा फरक-फरक व्याख्या गरेको पाइन्छ ।

यिनै व्याख्या मान्ने हो भने पनि आधुनिक विश्वले सुन्दर खेलको रुपमा अपनाएको फुटबलको विकास युरोपबाटै सुरु भएको पाइन्छ । संगठित रुपमा संघ नै गठन भएर चाँही पहिलो पटक बेलायतमा यो खेल आधिकारिक रुपमा सन् १८६३ मा अस्तित्वमा आएको थियो । बेलायतमा जन्मिएर छरछिमेकमा प्रभाव विस्तार गर्दै गरेको फुटबल युरोपेली देशहरुले दक्षिण अमेरिका, एसिया, अमेरिका, अफ्रिकालगायतका महादेशहरुमा उपनिवेश विस्तार गर्दै लाने क्रममा तिब्र रुपमा विश्वव्यापी भएको इतिहास पाइन्छ ।

पुरुष विश्वकपका २२ संस्करण सम्पन्न हुँदा ११ पटक त युरोपले नै आयोजना गरेका छन् । उपाधि पनि १२ पटक युरोपले जितेको छ भने बाँकी १० पटक उपाधि दक्षिण अमेरिकी टिमहरुले जितेका छन् । 

सुरुआति दिनमा युरोपेली गोराहरुले मात्र खेल्न पाउने यो खेल विस्तारै तिनकै सिको गर्दै गोराहरुले फालेका पुराना बल तथा झुम्रोका बल खेल्दै एसिया, अफ्रिका र अमेरिकामा विस्तार भएको मानिन्छ । युरोपबाट सुरु भएर विश्वव्यापी भएकोले होला अझैसम्म पनि त्यो बिरासत युरोपेली देशहरुले कायम राखिरहेका छन् ।

पुरुष विश्वकपका २२ संस्करण सम्पन्न हुँदा ११ पटक त युरोपले नै आयोजना गरेका छन् । उपाधि पनि १२ पटक युरोपले जितेको छ भने बाँकी १० पटक उपाधि दक्षिण अमेरिकी टिमहरुले जितेका छन् । क्लब फुटबलमा त युरोपको जवाफ नै छैन । विश्वका कुना कुनाबाट स्काउटिङ गरेर राम्रा खेलाडी जति युरोपेली क्लबले अनुबन्धित गर्दै उत्कृष्ट क्लब बनाएका छन् । जसको परिणामस्वरुप युरोपेली क्लब नै विश्वभरका फुटबलप्रेमीको आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

युरोपमा नयाँ सिजन सुरु भइसक्यो । कतै दुई चरणका खेल सम्पन्न भएका छन् भने कतै तीन तथा कतै कतिपय टिमले चार खेल पनि खेलिसकेका छन् । यस्तोमा विश्वभरका समर्थकहरुको मनमा आ-आफूले बढि पछ्याउने देशको लिगलाई लिएर एउटा प्रश्न गाढिएको छ, ‘यसपाली कस्ले जित्ला लिग ?’

प्रविधिको यो युगमा प्रतियोगिता सुरु भएको केही समयमै विजेताको अनुमान गर्न सकिने अवस्था आएको छ । यस्तो अनुमान जसको मिल्ने सम्भावना सतप्रतिसत रहँदैन । तर त्यो धेरै नजिक भने पुग्ने गर्छ । किनकी त्यो अनुमान कुनै पनि लिगका टिमहरुका बारेमा सबै पक्षको विश्लेषणपछि गरिने गर्छ । टिमले पछिल्लो सरुवा बजारमा गरेको कारोबार, खेलाडीहरुको फर्म, खेलाडीको फिटनेसको अवस्था, विपक्षी टिमहरुको फर्म तथा परिस्थितीहरु, खेलतालिका, टिमको खेल शैली र त्यसमा प्राप्त सफलताको तथ्यांकलगायत सबैखाले प्राविधिक पक्षहरुलाई सुपरकम्प्युटरले मिहिन विश्लेषण गरि गर्ने अनुमान सार्वजनिक भइसकेको छ ।

सिआइइएस फुटबल अब्जरभेटरीका सबैखाले प्राविधिक तथ्यहरुलाई विश्लेषण गर्दै सुपरकम्प्युटरले के भन्यो त ?

लिभरपुल, बार्सिलोना र नेपोलीले उपाधि रक्षा गर्ने लक्ष्यमा अघि बढिरहे पनि प्रतिस्पर्धा भने यो सिजनमा निक्कै भयानक हुनेछ । किनकी पुरा युरोपभरी शीर्ष स्थानमा रहेर हालीमुहाली गर्दै आएका ठूला क्लबको प्रभावलाई चुनौती दिनेको कमी छैन । प्रत्येक लिगमा पुराना महारथीलाई शीर्ष स्थानबाट हटाएर आफू स्थापित हुने होडमा थुप्रै क्लबहरु छन् । त्यहीअनुसार सेप्टेम्बर १ मा बन्द भएको सरुवा बजारमा क्लबहरुले खर्च गरेका थिए ।

सुपरकम्प्युटरले २०२५-२६ सिजनको लागि विश्वभरकै लिगका सम्भावित विजेताको पूर्वानुमान गरे पनि यहाँ भने युरोपका शीर्ष १५ लिगको सूचि मात्र प्रस्तुत गरिएको छ । जसमा मार्चमै सुरु भएर नोभेम्बरमा सकिने नर्वेको इलिस्टेसेरिन समावेश गरिएको छैन । युरोपेली क्लब फुटबलमा नर्वेको लिग १२औं वरियतामा थियो । १६ टिमको मात्र सहभागितामा सिजनमा ३० खेल हुने नर्वेको लिगमा २० चरणका खेलहरु सम्पन्न भइसकेका छन् ।

प्रिमियर लिगमा फेरि यसपाली पनि आर्सनललाई उपाधिमाथि चुनौती दिने अर्को टोलीको रुपमा अनुमान गरिएको छ । आर्सनलले जित्ने सम्भावना १८.८ प्रतिसत देखाइएको छ ।

इङ्ल्यान्डको प्रिमियर लिग युरोपको मात्र नभई विश्वकै शीर्ष वरियताको लिग हो । तथ्यांकहरुकै अनुसार प्रिमियर लिगको प्रतिस्पर्धात्मक स्वभावसँग विश्वका अरु कुनै पनि लिग वरिपरी समेत आउन सक्दैनन् । तिनै तथ्यांकहरुले यसपाली प्रिमियर लिगमा लिभरपुलले उपाधि रक्षा गर्ने सम्भावना २८.९ प्रतिसत देखाएको छ । जुन सुपरकम्प्युटरका अनुसार युरोपका शीर्ष १५ लिगमै उपाधि जित्ने सम्भावनाको प्रतिसतमा तेस्रो कम हो । प्रिमियर लिगमा फेरि यसपाली पनि आर्सनललाई उपाधिमाथि चुनौती दिने अर्को टोलीको रुपमा अनुमान गरिएको छ । आर्सनलले जित्ने सम्भावना १८.८ प्रतिसत देखाइएको छ ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएको वरियतामा इटालीले आश्चर्यजनक रुपमा दोस्रो स्थानमा उक्लिएको छ । जहाँ सुपरकम्प्युटरलाई पनि जारी सिजन इटालियन सिरी ‘ए’को उपाधि कस्ले जित्ला भन्ने अनुमान गर्न निक्कै कठिन रहयो । नेपोली वर्तमान इटालियन च्याम्पियन हो । तर टोलीले यसपाली उपाधि इन्टरलाई सुम्पने पूर्वानुमान छ । गत वर्षको च्याम्पियन्स लिग उपविजेताले जारी सिजनमा सिरी ‘ए’ जित्ने सम्भावना २५.६ प्रतिसत देखाइएको छ ।

स्पेनिस फुटबलमा प्रतिस्पर्धा सधैजसो रियाल मड्रिड र बार्सिलोनाको बीचमा रहँदै आएको छ । गत सिजन बार्सिलोनाले पूर्वानुमानविरुद्ध रियालसँग ला लिगाको उपाधि खोसेको थियो । तर यसपाली भने जाबी अलोन्सोको आगमनसँगै रियालले पुरानो प्रभाव पुनहासिल गर्ने विश्वास लिइएको छ । जहाँ सुपरकम्प्युटरले बार्सिलोनाको यसपाली उपाधि जित्ने सम्भावना २९.६ प्रतिसतमात्र देखाउँदा रियालको भने ४०.६ प्रतिसत देखाएको छ ।

पछिल्ला दुई सिजन नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभनले उपाधि जितेको थियो । तर यसपाली भने फेयर्नुडले जित्ने अनुमान छ ।

जर्मनीमा बायर्न म्युनिखले बुन्डेसलिगा तथा फ्रान्समा पेरिस सेन्ट जर्मेनले लिग वान जित्छन भनेर अनुमान गर्नु कठिन काम होइन । अझ खासगरि पछिल्ला १३ सिजनमा ११ पटक फ्रेन्च शीर्ष डिभिजनको उपाधि जितेको पेरिस सेन्ट जर्मेनलाई चुनौती दिने अर्को टिम समेत देखिन्न । यही कारण सुपरकम्प्युटरले पेरिस सेन्ट जर्मेनले लिग जित्ने सम्भावना ७३ प्रतिसत राखेको छ । योभन्दा बढि जित्ने सम्भावनामा सर्बियाको रेड स्टार बेलग्रेडलाई राखिएको छ ।

पछिल्ला दुई सिजन नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभनले उपाधि जितेको थियो । तर यसपाली भने फेयर्नुडले जित्ने अनुमान छ । क्लब ब्रुगेलाई पनि यसपाली बेल्जियममा साविक विजेता युनियन सेन्ट जिलोइसेबाट उपाधि खोस्न सक्ने सम्भावित विजेताका रुपमा लिइएको छ ।

स्पोर्टिङ सिटी, गालाटासरे, स्लाभिया प्राग, ओलम्पियाकोस, कोपनहेगन र बासेलले गत सिजन आ-आफ्नो लिग जितेका थिए । यसपाली पनि यी टिमले उपाधि रक्षा गर्ने अनुमान छ । जवकि पोल्यान्डमा साविक विजेता लेच पोज्नानलाई उछिन्दै लेगिया वार्सा तथा अस्ट्रियामा स्टर्म ग्राजलाई पछि पार्दै आरबी साल्गबर्ज च्याम्पियन हुने अनुमान छ ।