काठमाडौं । इङ्लिस क्लब म्यायनचेस्टर सिटीले इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा अनुबन्ध गरेको छ ।
सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट(जर्मन (पिएसजी) बाट डोनारुम्मा भित्र्याएको हो । सिटी र डोनारुम्माबीच पाँच वर्षको सम्झौता भएको छ ।
सिटी डोनारुम्मालाई म्यानचेस्टर डर्बीमा डेब्यू गराउने तयारीमा छ । सिटीले प्रिमियर लिग अन्तर्गतको खेलमा आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।
पछिल्लो समय प्रशिक्षक लुइस एनरिकेको रोजाइमा पर्न छाडेपछि डोनारुम्मा पार्क डेस प्रिन्सेस छाडेका हुन् ।
गत सिजन पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डोनारम्मा सन् २०२१ मा पिएसजी आएका थिए ।
इटालियन क्लब एसी मिलानबाट पिएसजी आएयता उनले १०४ फ्रेन्च लिग वान खेल खेलेका छन् ।
उनले पिएसजीलाई ‘ट्रेबल’ जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । दर्शन गरेका थिए । तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई अनुबन्ध गरेपछि उनले मौका पाइरहकेका थिएनन् ।