चैत्र ६, २०८२ शुक्रबार | ०१:३६:१८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

लिगका डेब्युट्यान्ट प्रशिक्षकको टच लाइन अनुभव

काठमाडौं । नेपाली फुटबल अहिले दशरथ रंगशाला र पोखरा रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिगमय भएको छ । पक्कै पनि लिग भनेको कुनै पनि देशको फुटबलको मेरुदण्ड हो । लिग यस्तो आधार हो, जहाँ खेलाडी, प्रशिक्षक, निर्णायक तथा अन्य प्राविधिक फुटबलकर्मीले आफूलाई निखार्ने राम्रो मौका पाउँछन् ।

जारी शीर्ष डिभिजनको लिगले नेपालमा पनि थुप्रै फुटबलकर्मीलाई त्यस्तै अवसर दिइरहेको छ । नेपाली फुटबलको प्राविधिक जनशक्तिमा पुस्तान्तर हुने क्रम चलिरहँदा यसपाली जारी लिगमा तीन जना युवा प्रशिक्षकले डेब्यु गरेका छन् ।

घरेलु फुटबलको सर्वोच्च प्रतियोगिता जसरी राष्ट्रिय टोली निर्माणको प्रमुख आधार स्तम्भ हो उसैगरी यो प्रशिक्षकहरुका लागि पनि आफूलाई प्रमाणित गर्ने थलो हो ।  प्रशिक्षकका लागि चाँही अर्ध–व्यावसायिक प्रकृतिको यस्तो छोटो लिग एउटा जटिल चुनौती पनि हो ।

लामो सम्झौता नहुने हुँदा एक सिजन एक क्लब हेरेको प्रशिक्षक अर्को वर्ष फरक टोलीमा पुग्नु नेपाली फुटबलमा सामान्य कुरा हो । क्लब परिवर्तन भएसँगै प्रशिक्षकले नयाँ टोलीमा आफ्नो रणनीति र शैली स्थापित गर्न पर्याप्त समय र तयारी आवश्यक हुन्छ । तर, सहिद स्मारक लिगमा एक टोलीले सिजनभरमा १३ खेल मात्रै खेल्ने भएकाले आफ्नो रणनीति खेलाडीमा ढालेर त्यसलाई ‘एक्जिक्विुट’ गर्न सक्नु प्रशिक्षकका लागि ठूलो चुनौती हो ।

यस्तै चुनौती स्वीकार्दै अहिले लिगमा तीन नयाँ प्रशिक्षक– हिमालयन शेर्पा क्लबका युगलकिशोर राई, एपिएफ फुटबल क्लबका कुमार थापा र संकटाका विष्णु गुरुङ टचलाइनमा सक्रिय छन् ।

खेलाडीका रुपमा थापा आफ्नो जमानाका नामुद मिड्फिल्डर हुन् भने राई र गुरुङ औसत खेलाडी हुन् । तथापि प्रशिक्षकको हैसियतमा भने राई र गुरुङले राम्रो नतिजा आत्मसात गरिरहँदा थापाको भाग्यमा कमजोर टोली परेको छ ।

स्थापित प्रशिक्षकका लागि नै लिग कठिन छ भने नयाँलाई कत्तिको चुनौती छ ?

‘एकदमै चुनौती छ, दशैं तिहारले गर्दा तयारी गर्ने समय नै पर्याप्त भएन, त्यसमा पनि आफूले चाहेको पद्दतिमा खेलाउन खेलाडीलाई पहिला बुझाउनु पर्छ,’ हिमालयन शेर्पा क्लबका मुख्य प्रशिक्षक युगलकिशोर राई भन्छन्, ‘करिब १५–२० दिन मात्रै ट्रेनिङ गर्ने समय पायौं । त्यो समयमा फिजिकलदेखि टेक्निकल, रणनीतिक र सिस्टम सबै कुरा मिलाउन एकदमै चुनौती थियो ।’

सुरुआती चरणमा एकदमै चुनोतीपूर्ण लागे पनि लिग अगाडि बढ्दै जाँदा आफूले खेलाडीहरूमा सिस्टम बसालेको उनी बताउँछन् ।

‘खेलाडीहरूमा सिस्टम एडोप्टेसन भइसकेको छ,’ उनी भन्छन्, ‘अब खेलाडीहरूलाई मानसिक, शारिरीकरूपमा कसरी फिट राखेर उनीहरूबाट सतप्रतिशत प्रदर्शन निकाल्ने भन्ने मात्रै चुनौती छ ।’

युगल किशोरको टोली शेर्पा लिगका सात खेलमा तीन जित, दुई हार र दुई बराबरीसहित ११ अंक जोडेर पाँचौं स्थानमा छ । पहिलो खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको शेर्पाले दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–० को पराजय भोगेको थियो । तेस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–१ गोलको बराबरीमा रोकेको थियो भने चौथो खेलमा मछिन्द्रसँग ३–२ को नजितमा हारेको थियो । पाँचौं र छैठौं खेलमा क्रमशः ब्रिगेड ब्वाइक क्लबविरुद्ध ३–१ र च्यासलविरुद्ध ३–१ को जित निकालेको टोलीले सोमबार सातौं खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि १–० को विजयी नतिजा निकाल्यो ।

गत सिजन १८ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा सिजन सकाएको संकटाले आफ्नै पूर्व खेलाडी विष्णु गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दियो । आफैंले खेलेको टोलीको मुख्य प्रशिक्षक बनेका विष्णुलाई पनि लिगको सुरुआतमा चुनौती बोध भएको थियो ।

‘चुनौती त थियो नै, तर म यसै क्लबबाट पहिले खेलिसकेको भएकाले ‘प्रोपर कम्युनिकेसन’ गर्न सक्छु भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘मेरो योजना र अपेक्षाअनुसार नतिजा पनि आइरहेको छ ।’

‘खेलाडी हुँदा प्रशिक्षकले कुन कुरा खेलाडीलाई बुझाउन सक्दैन भन्ने मलाई थाहा थियो, त्यो कुरा म खेलाडीलाई बुझाउन सक्छु भन्ने विश्वास थियो । र, मैले सकेँ जस्तो पनि लाग्छ,’ उनले भने, ‘नतिजा अझै राम्रो हुन सक्थ्यो तर विदेशी खेलाडीबाट अपेक्षित प्रदर्शन भइरहेको छैन ।’

जारी लिगमा तीन टोली मात्रै अपराजित छन् । आर्मी र मछिन्द्रपछि अर्को अपराजित टोली हो, संकटा । पहिलो खेलमा शेर्पासँग १–१ को बराबरी खेलेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । तेस्रो खेलमा २–१ को अग्रता अन्तिम समयमा जोगाउन नसक्दा मनाङसँग बराबरीमा रोकिएको संकटाले चौथो खेलमा पुलिसलाई १–० को नतिजामा हराएको थियो । पाँचौं खेलमा मछिन्द्रसँग गोलरहित बराबरीको नतिजा निकालेको विष्णुको टोलीले छैटौं खेलमा बिबिसीविरुद्ध ३–० को जित निकालेको थियो । सातौं खेलमा च्यासलसँग गोलरहित बराबरीमा रोकिएको संकटा अहिले १३ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ ।

समग्रमा नतिजा र उपलब्धीबाट सन्तुष्ट रहे पनि मनाङविरुद्धको अग्रता इन्ज्युरी समयमा जोगाउन नसक्दा भोग्नु परेको बराबरीले प्रशिक्षक गुरुङलाई अहिले पनि उत्तिकै पिरोल्छ ।

‘मनाङलाई हराउन पाएको भए...’ चुक्चुकाउँदै प्रशिक्षक गुरुङ भन्छन्, ‘त्यो क्षण चाहिँ म जीवनभर कहिल्यै बिर्सिदिँन होला ।’

आर्मीसँगै मनाङ र मछिन्द्रविरुद्धका खेलहरू कठिन हुने आंकलन गरेको र केही हदसम्म त्यो चुनौतीमा आफू सफल रहेको प्रशिक्षक गुरुङको बुझाई छ ।

जारी लिगमा डेब्यु गरेका अर्का प्रशिक्षक हुन्, एपिएफका कुमार थापा । सहिद स्मारक लिगका लिजेन्ड थापाको प्रशिक्षकको हकमा लिगमा जम्न सकेका छैनन् । त्यसो त उनले हेरिरहेको टोलीबाट उल्लेख्य नतिजाको अपेक्षा राख्न सकिँदैन । लिगको पछिल्लो संस्करणका १३ खेलमा दुई जित, तीन बराबरी र आठ पराजयसँगै ९ अंक जोडेर १२औं स्थानमा सीमित भएको थियो ।

यसपाली पनि टोलीमा पाचौं खेलसम्म कुनै परिवर्तन थिएन । त्यसैले नतिजा पनि दयनीय थियो । तर रेलिगेसन क्षेत्रबाट माथि उठने लक्ष्यसहित एपिएफले दुई विदेशी खेलाडी मैदान उतारेर पहिलो पटक लिगमा विदेशी खेलाडी खेलाउने टिम बन्यो । त्यसपछि अचानक आएको सुधारले टोलीलाई रेलिगेसन क्षेत्रभन्दा माथि उठाएको छ । लिगको सातौं चरण सकिँदा प्रशिक्षक थापाको टोली ६ अंक जोडेर १०औं स्थानमा छ ।

जारी लिगको पहिलो खेलमा बिबिसीसँग ३–२ गोलको नतिजामा पराजित भएको एपिएफले दोस्रो खेलमा च्यासलसँग १–० को हार बेहोरेको थियो । तेस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग ४–१ को फराकिलो नतिजामा पराजित भएको एपिएफले तेस्रो खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो ।

विभागीय टोली भए पनि औसत टोलीबाट नतिजा निकाल्नु पर्ने चुनौती थापासामु थियो । गत सिजनको तुलनामा थापाले नतिजा सुधार्ने लगभग निश्चित छ । किनभने, पछिल्लो संस्करणमा एपिएफले कुल ९ अंक मात्रै जोडेको थियो । तर, जारी लिगमा ६ अंक जोडिसकेकाले बाँकी ६ खेलबाट ४ अंक मात्रै जोडे पनि त्यो सुधारिएको नै मानिने छ ।

यद्यपि, लिग तालिकाको पुछारको टोलीसँगको अंक दूरी ३ मात्रै रहेकाले रेलिगेसनबाट टोलीलाई जोगाउने मुख्य चुनौती प्रशिक्षक थापाबाट टाढिएको छैन । यसपाली लिगको पुछारका दुई टोली बी डिभिजन लिगमा घटुवा हुने भएकाले थापाका लागि आगामी खेल अझै चुनौतीपूर्ण बन्ने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो