काठमाडौं । इङ्ल्यान्डले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो विजयी यात्रालाई लगातार सातौं खेलसम्म पनि कायम राखेको छ ।
बिहीबार वेम्बेली रंगशालमा घरेलु टोली इङ्ल्यान्डले सर्बियाविरुद्ध २-० को सहज जित दर्ता गर्यो ।
जितसँगै सात खेलमा २१ अंक जोडको इङ्ल्यान्ड समूह ‘के’ को शीर्ष स्थानमा छ । पराजित सर्बिया समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।
इङ्ल्यान्डलाई जित दिलाउन बुकायो साका र एबेरेची एजेले गोल गरे ।
खेलको २८औं मिनेटमा साकाको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । ९०औं मिनेटमा एजेले गोल गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए ।
बिहीबारै सम्पन्न अन्य खेलमा आइरल्यान्डले पोर्चुगल तथा इटालीले माल्दोभालाई समान २-०, फ्रान्सले युक्रेनलाई ४-०, नर्वेले स्टोनियालाई ४-१ तथा हंगेरी अर्मेनिया र अल्बानियाले एन्डोरालाई समान १-० ले पराजित गरे ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
