मंसिर २३, २०८२ मंगलबार | ११:०२:०६
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार समूह ‘बी’ अन्तर्गत हैरान्स क्लबमाथि ७-२ को रवाफिलो जित हासिल गरेसँगै नव जन जागृति क्लब सेमिफाइनल प्रवेश गर्ने चौथो टिम बन्यो ।

समूह ‘ए’बाट लालिगुँरास एसोसिएसन क्लब र चित्लाङ एफसी अनि समूह ‘बी’बाट काँक्रे बिहार क्लबले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका थिए ।

प्रतियोगिताको १०औं दिन नव जन जागृतिलाई जित दिलाउन स्ट्राइकर सुजन डंगोलले ह्याट्रिक गोल गरे । त्यस्तै प्रतापसिंह राई र क्रिपाकान्त थारुको नाममा समान एक गोल रह्यो । एक गोल नव जन जागृतिले आत्मघाती उपहारका रुपमा पायो । हैरान्सका लागि विजय डोंग र सामुवेल सुनारको गोल सान्त्वना बन्यो ।

जितसँगै चार खेलमा १० अंक जोड्दै नव जन जागृति अंकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । समान अंक भएपनि गोल भिन्नतामा पछि पर्दै काँक्रे बिहार दोस्रो स्थानमा रह्यो ।

दिनको दोस्रो खेलमा काँक्रे बिहारले गाईघाटमाथि ५–३ को सानदार जित हासिल गर्यो । काँक्रे बिहारका लागि अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गरे । त्यस्तै कप्तान आशिष चापागाईँ र गणेश पुलामी मगरको नाममा समान एक गोल रह्यो ।
गाईघाटले दुई पटक अग्रतालाई जोगाउन सकेन । दीवश श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको गाईघाट प्रवीन राईको गोलमा २–१ ले अगाडि बढेको थियो ।

सेमिफाइनलमा नव जन जागृतिले समूह ‘ए’को उप–विजेता चित्लाङसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै काँक्रे बिहारले लालिगुँराससँग खेल्नेछ । लालिगुँरासले चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । दुबै सेमिफाइनल खेलहरु आइतबार हुनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेटअप थियो ।

यस्तो छ फाइनल अंकतालिकाः

 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas