कार्तिक १३, २०८२ बिहीबार | ०४:१८:१३
नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआउटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआउटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला

बंगलादेशविरुद्धको निर्णायक भिडन्तमा नेपाललाई बदला लिँदै उपाधि जित्ने अवसर

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाली स्ट्राइकर मीना देउवा र बंगलादेशी कप्तान आफिदा खाँडकरको ब्याटल, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । पुस ७, २०८१, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला । यो दिन भुटान यु–१९ विरुद्धको प्रतिस्पर्धामा सुरुमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली महिला टोली दूर्भाग्यजनक बराबरीको हकदार बन्नु परेको थियो । भुटानका लागि भने यो नतिजा एउटा ऐतिहासिक उपलब्धि थियो । माथिल्लो उमेर समूहमा नेपालविरुद्ध भुटानको त्यो पहिलो गोल थियो ।

भाग्यले साथ दिँदो हो त भुटानले नेपालसँग त्यो दिन सहज जित हासिल गर्थ्यो । दूर्भाग्यजनक बराबरीको तीन दिनअघि नेपालले भुटानको यु-१६ टोलीलाई पनि आतिथ्य गरेको थियो । जतिबेला भुटानी खेलाडीले नेपालको पोस्टमा पाँच गोल प्रहार गर्यो । जुन दृश्य नेपाली फुटबल समर्थकले कहिल्यै आत्मसात गरेका थिएनन् ।

सात महिनापछि बंगलादेशमा भइरहेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपमा प्रतिनिधित्व गरिरहँदा नेपाली कलिला किशोरीमाथि आफूमाथि लागेको त्यो दाग मेटाउने चुनौतीसँगै विक्षिप्त सिनियर टोली र समग्र नेपाली महिला फुटबलको मनोबल फर्काउने जिम्मेवारी पनि थियो ।

ढाकामा प्रतियोगिता सुरु हुनुअघि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङको नेतृत्वमा रहेको टोलीमाथि विभिन्न प्रश्नहरु खडा भए । सात महिनाको अन्तरालमा साफ च्याम्पियनसिप खेल्ने टोलीमा मात्र ६ नयाँ अनुहार थिए । त्यसैले टोलीमाथि शंका उब्जिनु स्वभाविक थियो ।

भुटान यु-१९ टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा बल अगाडि बढाउने प्रयासमा नेपालकी अट्याकिङ मिडफिल्डर सुक्रिया मिया, तस्वीर सौजन्यः एन्फा ।

उता प्रशिक्षक गुरुङ भने टोलीप्रति आत्मविश्वासी देखिन्थे । यसपालि प्रशिक्षणका लागि पर्याप्त समय पाएको र खेलाडी पनि फिटमा रहेकाले उपाधि सम्भावना बलियो रहेको उनको तर्क थियो । उनको बोलीमा दम थियो ।

नेपालले सोमबार साफ च्याम्पियनसिपको निर्णायक खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गरिरहँदा गुरुङले आफूलाई लगभग प्रमाणित गरेका छन् । डबल राउन्ड पद्धत्तिमा भइरहेको प्रतिस्पर्धामा नेपाल पाँच खेलमा २६ गोल गर्दै अंकतालिकाको दोस्रो स्थानमा छ । अन्तिम खेलमा बंगलादेशलाई हराए नेपालले पहिलो पटक महिला फुटबलमा माथिल्लो उमेर समूहको उपाधि हासिल गर्नेछ ।

नेपालसँगको पहिलो खेलमा ३-२ को रोमाञ्चक जित हासिल गरेको बंगलादेश अंकतालिकाको शीर्ष स्थानमा छ ।  प्रतियोगिताको सबैभन्दा सफल टोली बंगलादेशले नेपाललाई बराबरीमा रोके मात्र पनि पुग्नेछ । यदि यसो हो भने बंगलादेशले कीर्तिमानी पाँचौं उपाधि जित्नेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

‘पुसमा हामीेले सोझै २३ जना खेलाडी बोलाएर दुई हप्ताको प्रशिक्षण गरेका थियौं । यसपालि हामीले देशभरिबाट स्काउटिङ गरेर टोली बनाएका छौं,’ बंगलादेश प्रस्थान गर्नुअघि गुरुङले भनेका थिए, ‘पछिल्लो एक वर्ष देशमा धेरै मोफसलका प्रतियोगिता भए । जसले गर्दा मलाई सजिलो भयो । मैले फिटनेशमा बढी ध्यान दिनुपरेन । हामीले इन्ड्योरेन्स प्रशिक्षणका लागि एक हप्ताको समय राखेका थियौं । तर, खेलाडी तीन दिनमै फिट देखिए । मुख्य कुरा मैले यसपालि एन्फाबाट साढे एक महिनाको समय पाएँ ।’

साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध गोल गरेपछि सहकर्मी सुक्रिया मियासँग खुसी साट्दै नेपाली स्ट्राइकर पूर्णिमा राई, तस्वीर सौजन्यः एन्फा ।

बिदाई कार्यक्रममा टोलीको संक्षेप गरिरहँदा गुरुङले ‘स्ट्राइकिङ लाइन’को तारिफ गर्न भूलेनन् । यसपालि जितको बलियो आधार स्ट्राइकर रहेको उनको दाबी थियो । उनले भने जस्तै टोलीलाई स्ट्राइकरद्धय पूर्णिमा राई र मीना देउवा रवाफ आवश्यक रह्यो । नेपालले गरेको दुई दर्जनभन्दा बढी गोलमा पूर्णिमा र मीनाको नाममा कूल १७ गोल छ ।

प्रतियोगिताको उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा रहेकी पूर्णिमा एक्लैले १० गोल गरेकी छन् । पूर्णिमा र मीना दुवैले प्रतियोगितामा दुई–दुई ह्याट्रिक गरेका छन् ।

दुई साताअघि मात्र सिनियर फुटबल टोलीले एएफसी एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पराजय बेहोरेको थियो । यो हारसँगै चालिस वर्षदेखि नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख भयो । ग्लोबल स्टेजमा आफ्नो कला प्रस्तुत गर्न अब नेपाली चेलीले थप चार वर्ष कुर्नुपर्ने भयो ।

नेपाल निक्कै नजिक पुगेर पनि छनोट हुन नसक्दा दक्षिण एसियाली प्रतिद्धन्द्धी भारत र बंगलादेश भने पहिलो पटक एएफसीको प्रतियोगितामा छनोट हुन सफल भए । यही कारण नेपाली खेलाडीको मन झन् बढी दुखेको छ ।

साफ यु-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको निर्णायक भिडन्तअघि नेपाली टोलीको अन्तिम अभ्यास सत्र, तस्वीर सौजन्यः एन्फा ।

त्यसैले पनि ढाकामा सोमबार नेपालले घरेलु टोलीलाई हराए महिला फुटबलमा लागेको घाउमा थोरै भएपनि मलम थपिने अनुमान गर्न सकिन्छ । फुटबलकै भाषामा भन्दा यु-२० को जित सिनियर टोलीको लागि ‘रिडेम्पसन’ हुनेछ । सिनियर टोलीले यो जितमा सान्त्वना पाउनेछ ।

माथिल्लो उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितालाई सिनियर टोलीको प्रवेशद्वारका रुपमा लिइन्छ । भविष्यका स्टारहरु जन्मिने मञ्च हो उमेर समूहका प्रतियोगिता ।

सन् २०२७ अथवा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमिठो हारले ठूलो धक्का पुगेको छ । नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ मा द्रुत गतिमा अगाडि बढ्ने । यो मिसनमा चाँडै यी कलिला किशोरीहरु जोडिनेछन् ।

आगामी संस्करणसम्म रेनुका नगरकोटी, अञ्जिला तुम्बाप्पो सुब्बा, अनिता बस्नेत, गीता राना, अमृता जैसी, विमला चौधरीजस्ता खेलाडीले नेपाली टोलीको जर्सी लगाउला-नलगाउला, यकिनले भन्न सक्ने अवस्था छैन ।

तर, मीना (देउवा), पूर्णिमा (राई), विर्सना चौधरी, सुशिला केसी, सेनु परियार, सुक्रिया मियाको खेल कौशलमा नेपाली टोली चाँडै निर्भर हुनेछ, त्यसमा दुई मत छैन । यस्तोमा सोमबारको जित नेपाली महिला फुटबलको भावी पुस्तालाई एउटा उर्जाको सारथी बन्न सक्छ ।

साफ यु-२० महिला च्याम्पियनसिप २०२३ मा नेपाली टोली, तस्वीर सौजन्यः एन्फा ।

राष्ट्रिय टोलीका स्टार खेलाडीहरु अमिशा कार्की, प्रीति राई, दीपा शाहीहरुलाई हुर्काउने प्रशिक्षकका रुपमा सम्मानित गुरुङलाई बंगलादेशविरुद्ध दुई वर्षअघि फाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि छ ।

दुई वर्षअघि ढाकामै भएको साफ यु-२० च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग फाइनलमा ३-० ले पराजित भएको थियो । त्यतिबेला गुरुङको नेतृत्वमा टोलीको कप्तानी प्रीति (राई)ले गरेकी थिइन् । प्रीतिसँगै त्यो संस्करण दीपा (शाही), अमिशा (कार्की), सरस्वती हमाल, मनमाया दमाई, प्रतीक्षा चौधरीलगायत राष्ट्रिय टोलीका अनुहारले नेपालको जर्सी लगाएका थिए ।
 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain