असार १९, २०८२ बिहीबार | २१:०२:०५
जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य

उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने

फाइल तस्विर ।

काठमाडौं । साबिक विजेता नेपाल एसीसी यु-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँगको सामना गर्ने भएको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङविरुद्ध चार विकेटको जित निकाल्यो ।

यता बिहीबारै सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालिाई ९ विकेटले हरायो ।

मलेसियाको वाइएसडी युकेएम ओभरमा हङकङले प्रस्तुत गरेको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

सिंगापुरका लागि स्वरित ठाकुरले ७५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी कप्तान रियान नाइकले ३१, रोहन अस्टिन अरुणले २५ र आहान वुथान्डमले १७ रन बनाए ।

हङकङका लागि कप्तान प्रित किशोरकुमारले दुई तथा अभिमन्यु गणेशन, हरिशंकर वेंकटेश र मोहम्मद अबुजार अलीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ४३ ओभरमा सबै विजकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि रियान्श शर्माले ४६, प्रित किशोरकुमारले ४२, श्रेय निलेशकुमारले १६, वीर माथुरले १५, डेक्लान चर्चले १३ र ऋषी भुटानीले १२ रन बनाए ।

सिंगापुरका लागि युभान पाण्डेले चार, आकाश तेजाले तीन तथा वेदान्श गुप्ता, कपिश वेंकटरमन र आहान वुथान्डमले समान एक विकेट लिए ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । नेपाल र सिंगापुर दोस्रो पटक आमने सामने हुन्ँदैछन् । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING