असार १९, २०८२ बिहीबार | ०७:००:०७
फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’

श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि

फाइल तस्विर ।

काठमाडौं । स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० को अग्रता लिएको छ ।

बुधबार उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा रक्षक गीता रानाले सातौं मिनेटमा नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राको तीन गोलमा नेपालले चार गोलको अन्तर बनाएको हो ।

खेलको सुरुआती दुई गोल गोल भेट्रान मिडफिल्डर अनिता बस्नेतको असिस्टमा सम्भव भएको हो । अनिताको कर्नर क्रसमा विपक्षी रक्षकबाट कुनै पनि निगरानीमा नरहेकी गीताले हेडमार्फत सहज गोल गरिन् । त्यसको चार मिनेटपछि अनिताको कटब्याकमा सावित्राले वान टचमा सहज गोल गरिन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा अर्का स्ट्राइकर रश्मीकुमारी घिसिङको कटब्याकमा सावित्राले वान टचमै दोस्रो गोल गरिन् । सावित्राको लोफ्टेड बलले दोस्रो बारको जाली चुमेको थियो । इन्जुरी समयमा मिडफिल्डर सविता रानामगरको क्रसमा सावित्राले हेडमार्फत व्यक्तिगत तेस्रो गोल गरिन् ।

प्रतियोगितामा सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो । पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गर्दा सावित्रा एक्लैले चार गोल गरेकी थिइन् ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4