कार्तिक २६, २०८२ बुधबार | २१:०२:१०
ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने

आर्सनल १८ वर्षपछि उपाधि नजिक

काठमाडौं । आठ पटकको च्याम्पियन फ्रेन्च क्लब लियोनविरुद्ध समग्रमा ५-३ को जित निकाल्दै इङ्लिस क्लब आर्सनल युइएफए महिला च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ ।

आर्सनल १८ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सन् २००६-७ को सिजनमा  च्याम्पियन बनेयता आर्सनलले फाइनल यात्रा तय गर्ने सकेको थिएन ।

आर्सनलले पार्क ओलम्पिक लियोन रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलको दोस्रो लगेमा ४१ को सहज नित दर्ता गर्यो ।  पहिलो लेगमा आर्सनल २१ ले पराजित भएको थियो ।

पाहुना टोली आर्सनललाई जित दिलाउन मारियोना क्याल्डेन्ते, एलेसिया रुसो र केटलिन फोर्डले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । लियोनका लागि मेल्ची डुमोर्नेले एक गोल गरिन् ।

खेलको पाँचौं मिनेटमा लियानकी गोलकिपर क्रिस्टियन एन्डलरबाट आत्मघाती गोल हुनपुग्दा आर्सनलले अग्रता लिएको थियो । क्लो केलीको कर्नरमा फ्रिडा मानमको हेडर एन्डलरलाई लाग्दै गोलमा परिणत भयो ।

पहिलो हाफको इन्जुरी समयमा क्लयाल्डेन्ते टोलीको अग्रता दोब्बर बनाइन् । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो ।

दोस्रो हाफको सुरुआतमै रुसोले गोल गर्दा आर्सनल ३-० ले अगाडि बढ्यो ।  मानमको पासलाई रुसोले पोस्टको दिशा दिइन् ।

फोर्डले ६३औं मिनेटमा गोल गर्दा आर्सनलको अग्रता ४-० मा पुग्यो । लियोनकी गोलकिपर एन्डलरलेको पासलाई रक्षक भेनेसा गिल्सले नियन्त्रणमा लिन नसक्दा रुसोले बल अगाडि बढाउँदै जाली चुमाइन् ।

डुमोर्नेले ८१औं मिनेटमा गरेको गोल लियोनका लागि  सान्त्वना बन्यो । उनले एली कार्पेन्टरके क्रसलाई अर्सनलका रक्षकले क्लियर क्लियर गर्न खोज्दा प्राप्त रिबाउन्डलाई गोलमा परिणत गरिन् ।

आर्सनलले उपाधिका लागि साबिक विजेता बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले चेल्सीविरुद्ध समग्रमा ८-२ को सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder