चैत्र १८, २०८२ बुधबार | ०९:३४:४१
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

आरसिबी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा आरसिबीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै जित निकालेको हो ।

१० खेलबाट १४ अंक जोडेको आरसिबी शीर्ष स्थानमा छ । टोलीले ७ खेलमा जित निकाल्दा ३ खेल हारेको छ । गुजरात ८ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा रह्यो । दिल्लीको पनि ९ खेलबाट १२ अंक नै छ ।

आइपिएलको ४६औं खेलमा आरसिबीलाई जिताउन विराट कोहली र क्रुनाल पाण्ड्याबीच ८४ बलमा ११९ रनको बलियो साझेदारी भएको थियो । क्रुनालले ४७ बलमा पाँच चौका र चार छक्कासहित अविजित सर्वाधिक ७३ रन बनाए । ४७ बलमा चार चौकासहित कोहलीले ५१ रन बनाएका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीको लागि केएल राहुलले सर्वाधिक ४१, ट्रिस्टन स्टुब्सले ३४, अभिषेक पोरलले २८ तथा फाफ डुप्लेसिसले २२ रनको योगदान गरेका थिए । आरसिबीको लागि भुवनेश्वर कुमारले तीन तथा जस हैजलवूडले २ विकेट हात पारेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो