काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले १४ शीर्ष डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिता आयोजना गर्र्ने निर्णय गरेको हो ।
वैशाख २० गतेबाट सुरु हुने प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिप २०२५-२६ सिजनमा सहभागिता जनाउने बताइएको छ ।
प्रतियोगितामा सहभागी हुन वैशाख १० गतेभित्र टिम दर्ता र १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ ।
बैठकमा एन्फा महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधर, सहायक महासचिव अरुणमान जोशी, केन्द्रीय सदस्य मणिराज विष्ट, प्रतियोगिता संयोजक संयोजक संजीव मिश्र र शीर्ष डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL