पुस २, २०८२ बिहीबार | ०५:४१:५८
एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै

सकारात्मक उर्जाका साथ नेपाली टोली सिंगापुर प्रस्थान, आशा सुखद सुरुआतको

सिंगापुरविरुद्ध मैत्रीपूर्ण तथा मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । नयाँ प्रशिक्षक, नयाँ टोली अनि सकारात्मक उर्जा । यही सकारात्मक उर्जा लिएर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मंगलबार सिंगापुर प्रस्थान गरेको छ । सिंगापुरमा नेपालले मार्च २१ मा घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको चार दिनपछि नेपालले मलेसियाविरुद्ध एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल खेल्ने तालिका छ ।

फिफा विश्वकप २०२६ को एसियाली छनोटको दोस्रो चरणबाट बाहिरिएको नेपालले भियतनाम, मलेसिया र लाओससँग एसियन कप पुग्नका लागि चुनौती पेस गर्दैछ । यही यात्राको पहिलो पडाव हो मलेसिया भ्रमण । अनि सुखद सुरुआतका लागि वार्म अप खेल हो सिंगापुरविरुद्धको मैत्रीपूर्ण ।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रस पहिलो पटक नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्दैछन् । अस्ट्रेलियन मूलका रसले पहिलो अन्तर्राष्ट्रिय भ्रमणअघि टोलीसँग मात्र दुई हप्ताको समय बिताउन पाए । अधिकांश खेलाडी मोफसलका प्रतियोगितामा व्यस्त रहेका कारण रसको बन्द प्रशिक्षण दुई हप्तामा खुम्चिएको हो । यति छोटो तयारीका बावजुद रसले सकारात्मक नतिजाको अपेक्षा राख्छन् ।

‘मलाई अन्तिम सदस्यीय टोली छान्न निकै गाह्रो भयो । कतिपय अनुभवी खेलाडीले टोलीमा स्थान बनाउन सकेनन्,’ रसले प्रतिक्रिया दिए, ‘यो १३ दिनमा मैले धेरै मिहिनेत गरेको छु । म पूर्ण रुपमा विश्वस्त छु कि मैले बेस्ट २३ खेलाडी रोजेको छु । यी सबै प्राविधिक रुपमा निकै राम्रा खेलाडी हुन् । अनुशासित पनि छन् । खेलप्रति प्रतिबद्ध छन् ।’

नेपाली राष्ट्रिय फुटबल टोलीमा पहिलो पटक पर्न सफल खेलाडी क्रमशः सुमन श्रेष्ठ, सुवास वम र अञ्जल श्रेष्ठ, तस्विर सौजन्यः एन्फा ।

तीन नयाँ खेलाडीलाई समेट्दै रसले सोमबार अन्तिम टोली सार्वजनिक गरेका थिए । तल्लो उमेर समूहमा नेपालको नेतृत्व सम्हाल्दै आएका फरवार्ड सुवास बम, विभागीय टोलीका खेलाडीद्धय गोलकिपर अञ्जल श्रेष्ठ र रक्षक सुमन श्रेष्ठले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए । पछिल्ला केही वर्ष बढ्दो विदेश पलायनले गर्दा टोलीमा खेलाडीहरु फेरबदल भइरहेका छन् । जसका कारण टोलीमा ‘स्क्वाड रोटेसन’ चलिरहेको छ । नेपालको यो दयनीय अवस्था र नयाँ चुनौतीमा रसले केही दबाब भने अवश्य महसुस गरेका छन् ।

रसले आफू दबाबमा रहेको कुरा लुकाउन चाहेनन् । भनिहाले, ‘निश्चय पनि मलाई दबाब महसुस गरिरहेको छु । अहिले कम दबाब छ । शुक्रबार खेल हुने दिन मलाई यो भन्दा धेरै दबाब महसुस हुनेछ । तर, यही दबाबबीच मैले आफ्नो व्यक्तिगत सपना पूरा गर्दैछु । विशेष प्रतियोगिताका लागि विशेष टोलीको नेतृत्व गर्न पाउनु सौभाग्यको कुरा हो । नेपाली टोली फुटबलमा उपलब्धि हासिल गर्न सक्षम छ ।’

सिंगापुर–मलेसिया भ्रमणलाई आसन्न साफ च्याम्पियनसिपको तयारीका रुपमा पनि लिन सकिन्छ । यही वर्ष जुनमा साफ च्याम्पियनसिपको १५औं संस्करण आयोजना हुँदैछ । श्रीलंकामा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि रससँग चार महिनाको समय छ । यो पाँच महिनामा नेपालले तीनवटा खेल खेल्नेछ । पहिलो दुई खेल सिंगापुर र मलेसियासँग भइहाल्यो । अर्को साफ च्याम्पियनसिप आउनुभन्दा १२ दिन अगाडि, जुन १० मा लाओसविरुद्ध एसियन कप छनोटको आफ्नो दोस्रो खेल । साफ च्याम्पियनसिपपछि नेपालले छनोटका अन्य चार खेल खेल्ने तालिका छ । फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय एक्सपोजर दिन नसकेकोमा साफ च्यामिपयनसिपअघि नेपाल यही तीन अन्तर्राष्ट्रिय खेलमा सिमीत हुनुपर्नेछ ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले एन्फाबाट कम्तिमा पनि एउटा अन्तर्राष्ट्रिय सिरीजको अपेक्षा राख्छन् । डेढ दशक भयो, किरणले नेपालको गोलपोस्ट सम्हालेको । यसबीच उनले आधा दर्जनभन्दा बढी साफ च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गरिसकेका छन् । तर, साफको उपलब्धि भने हासिल गर्न सकेका छैनन् । साफ च्याम्पियनसिपले १४औं संस्करण पार गरिसक्दा नेपाल मात्र एकपटक उपविजेतामा सिमित भएको छ । करियरको उत्तरार्ढमा रहेका किरण कम्तिमा पनि साफ च्याम्पियनसिपको धोको पूरा गर्न चाहन्छन् ।

सिंगापुरविरुद्ध मैत्रीपूर्ण तथा मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ, तस्विर सौजन्यः एन्फा ।

वर्ष २०२५, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फुटबलका लागि व्यस्त वर्ष हो । यसले साफ च्याम्पियनसिपमा केही हदसम्म फाइदा पुर्याउनेमा किरण विश्वस्त छन् । फुटबलको भरिपूर्ण माहोलमा किरण एन्फालाई साफअघि थप म्याच एक्सपोजरको अपिल गर्छन् । भन्छन्, ‘साफ च्याम्पियनसिपअघि लाओससँग खेल्ने तालिका छ । तर, साफ च्याम्पियनसिपकै विशेष तयारीस्वरुप एन्फाले अन्तर्राष्ट्रिय सिरीजको आयोजना गर्यो भने टोलीलाई थप फाइदा पुग्न सक्छ । आशा छ, एन्फाले यसमा अध्ययन गरोस् !’

किरणले आफ्नो करियरमा कयौं विदेशी प्रशिक्षकको नेतृत्वमा देशको प्रतिनिधित्व गरेका छन् । नवनियुक्त प्रशिक्षक रससँगको सहकार्यलाई किरणले कसरी लिएका छन् त ? किरण बोले, ‘आधुनिक फुटबलमा प्रशिक्षकहरुको रणनीतिहरुमा त्यस्तो विशाल फरक हुँदैन । सबैले समान कुरालाई नै कार्यन्वयन गर्ने हो । विगतका प्रशिक्षक र रसमा त्यस्तो फरक पाइँन ।’

यस्तो भनिरहँदा किरण सिंगापुर प्रस्थान गर्नुअघि एउटा आश्वासन भने दिन्छन् । भन्छन्, ‘नेपाली समर्थकले यो टोलीबाट केही फरक कुरा भने अवश्य पाउनुहुनेछ । हामीले प्रस्तुत गरेको खेल हेर्दा तपाइँहरुले त्यही अनुभूति गर्नुहुनेछ ।’


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team