माघ ११, २०८२ आइतबार | ०८:५६:४६
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

फोर नेशन्स कप खेल्न आइपुगिन रेखा पौडेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै रेखा पौडेल । तस्बिरः सरोज सापकोटा

काठमाडौं । दशरथ रंगशालामा सोमबार सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप (फोर नेशन्स कप)मा सहभागिता जनाउनका लागि नेपाली राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल युएईबाट शनिबार काठमाडौं आइपुगेकी छिन् ।

युएईको आबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी रेखा आजैबाट नेपाली राष्ट्रिय टिमको सिविरमा पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आबुधाबी कन्ट्री क्लबबाट रेखाले चार खेल खेल्दै दुई गोल गरेकी छिन् । नेपाल पुलिस क्लबकी खेलाडी रेखाले राष्ट्रिय टिमबाट २०१९ मा पहिलो पटक खेलेकी थिइन । नेपालको जर्सी लगाएर १९ खेलमा मैदान प्रवेश गरेकी रेखाले ११ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

विगतमा १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइनल पुगेर पनि उपाधिबाट बञ्चित हुँदै आएको नेपाली महिला फुटबल टोलीले यसपाली पहिलो पटक उपाधि जित्ने अपेक्षा गरिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गरिसकेपछि शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि ग्रिसबाट व्यावसायिक फुटबल खेल्दै आएकी नेपाली राष्ट्रिय टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा बुधबार काठमाडौं आइसकेकी छिन् । यसैगरी फ्रान्समा  व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी गोल मसिन सावित्रा भण्डारी सोमबार नै काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate