पुस २, २०८२ बिहीबार | ०५:४३:४१
एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै

एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (दायाँ), उपाध्यक्ष एवं प्रतियोगिता समिति संयोजक दीपक खतिवडा (बीच) र उपाध्यक्ष विराटजंग शाही बैठकका क्रममा ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को राजनीतिक समीकरण फेरि एकाएक परिवर्तन भएको छ । नेतृत्वको टाउको गन्ने प्रवृत्तिबाट प्रताडित हुँदै आएको नेपाली फुटबललाई एन्फा राजनीतिमा नयाँ मोडले अर्को समीकरणतर्फ धकेलेको छ ।

प्रशंग मंगलबारका लागि तय भएको विभागीय प्रमूख तथा प्रतियोगिता समितिको बैठकको । जहाँ नेतृत्वले सहभागी नहुन भन्दै सदस्यलाई जारी गरेको उर्दीका कारण बैठक प्रभावित भयो ।

महासचिव किरण राईले सबै विभागका प्रमूखलाई मंगलबार दिउसो बैठकका लागि बोलाएका थिए । सँगै महिला फोर नेसन्स कपको लागि उपाध्यक्ष दीपक खतिवडाले प्रतियोगिता समितिको संयोजकको हैसियतमा आफ्नो समितिको बैठक बोलाएका थिए । तर नेतृत्वको अनिच्छाका कारण विभागीय प्रमूखको बैठक सम्पन्न हुनै सकेन भने प्रतियोगिता समितिको बैठक चाँही खतिवडाले समितिमा चार नयाँ सदस्य मनोनित गरेर सम्पन्न गरे ।

सचिवालयको जिम्मेवारी पाएका महासचिव राई र सिइओ इन्द्रमान तुलाधारसँगै प्रवक्ता सुरेश शाह, कोषाध्यक्ष रविन्द्र जोशी र तीन सहमहासचिव बद्री भट्टराई, अरुणमान जोशी र विजय घले बैठकमा उपस्थिति नै भएनन् । विभागीय प्रमूखहरुमा प्रशासन विभागका गोकुल थापा र लेखा प्रमूख सञ्जय गिरीमात्र उपस्थित थिए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बायाँ) तथा सदस्यद्धय पेमा डोल्मा लामा (बीच) र रविन्द्र चन्द  बैठकका क्रममा  ।

एन्फा पुगेका पनि बैठक अघि नै बाहिरिएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी गराए ।

‘नेतृत्व आफैले बोलाएको बैठक सञ्चालन गर्ने चाहना देखाएन । त्यही भएर उहाँहरुले सबै विभागीय प्रमूखलाई उपस्थित नहुन उर्दी जारी गर्नुभएको जानकारी पाइयो । हामीले फोन गर्दा अध्यक्ष, महासचिव, सहमहासचिव लगायत कसैले पनि रेस्पोन्स गर्नुभएन,’ खड्काले भने, ‘उहाँहरु जसरी पनि आज दुवै बैठक असफल बनाउन चाहनुहुन्थ्यो ।’

महासचिव ६ दिनको छुट्टीपछि सोमबार मात्रै एन्फामा हाजिर भएका थिए ।

संस्थापन पक्षबाटै असहयोग भएपछि प्रतियोगिता संयोजक खतिवडाले भने समितिमा चार केन्द्रिय सदस्यलाई नियुक्त गर्दै बैठक सम्पन्न गरेका छन् । संयोजक खतिवडाले समितिको सह–संयोजकमा महिला सदस्य पेमा डोल्मा लामा तथा सदस्यमा रवीन्द्र चन्द, रमेश ब्यजनकार र रुपेश अधिकारीलाई नियुक्त गर्दै समितिलाई पूर्णता दिएका छन् ।

एन्फा उपाध्यक्ष एवं प्रतियोगिता समितिका संयोजक खतिवडाले संघलाई विधिसम्मत चलाउने पहल थाल्दा नेतृत्वबाट असहयोग भएको बताए ।

एन्फाका कार्यसमिति सदस्य रुपेश अधिकारी (वायाँ) र रेफ्री प्रमूख गोकुल थापा बैठकका क्रममा ।

‘महिला साफ च्याम्पियनसिपमा टिकट विक्रीको विषयमा जुन विवाद सिर्जना भयो । आसन्न फोर नेशन्स कपमा त्यस्तै नहोस भनेर कार्यसमिति र सचिवालय बसेर साझा योजना बनाएर त्यहीअनुरुप प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि मैले बैठक बोलाउन अनुरोध गरेको थिएँ,’ खतिवडाले खेलाडीसँग भने, ‘महासचिवले त्यो बैठकमा कार्यसमितिको आवस्यकता नरहेको भन्दै सचिवालयमात्र बस्ने प्रस्ताब राख्नुभयो । तर मैले त्यसमा सहमति जनाइन । त्यहीअनुसार म आफैले बैठक आह्वान गरेँ । उहाँहरुले बहिस्कार गर्नुभयो । सँगै उहाँहरुले आफै बोलाउनुभएको सचिवालयको बैठक पनि हुन दिनुभएन । तर हामीले बैठक बसेर निर्णय गरेका छौं ।’

प्रतियोगिता समितिमा कार्यसमितिको बैठकले आफूलाई संयोजकका रुपमा दिएको अधिकार प्रयोग गर्दै मंगलबार चार सदस्य नियुक्त गरेको खतिवडाले बताए । ‘समितिमा संयोजकको रुपमा म एक्लै थिएँ । आज त्यसलाई पूर्णता दिने काम भएको छ । सात सदस्यीय समिति बनाउने हाम्रो सल्लाह भएको छ । तर आज चाँही चार जनामात्र मनोनित गरेको छु,’ उनले थपे ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राईको निर्वाचित केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यलाई पाखाल गाएर सचिवालयले मात्र एन्फा चलाएर बाटो ठिक होइन भनेर आफूले बाध्यतावश बैठक बोलाउनुपरेको उनको स्पष्टोक्ती थियो ।

‘सबै निर्वाचित साथीहरुलाई बायस गर्नुहुन्न । फुटबल गर्ने एजेन्डा सबैको साझा हो भनेर मैले एजेन्डा राखेँ । महासचिवले मान्नुभएन । त्यही भएर मैले् सबै साथीहरुलाई हिजो म्यासेज गरेर समितिको बैठक राखेको हुँ । मैले सबै विभागीय प्रमूख र निर्वाचित साथीहरुलाई बोलाएको थिएँ । त्यहाँ नेतृत्वको निर्देशनमा धेरैले बहिस्कार गर्नुभयो,’ खतिवडाले अगाडि भने, ‘तर  लेखा, प्रकुरमेन्ट र रेफ्री विभाग प्रमूखसहित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र पाँच सदस्यको उपस्थितीमा हामीले छलफल गरेर नेपाली फुटबलका लागि धेरै फलदायी हुने दीर्घकालिन तथा अल्पकालिन महत्वका निर्णय गरेका छौं ।’

एन्फाका कार्यसमिति सदस्य महेन्द्र क्षेत्री (दायाँ) र लेखा प्रमूख सञ्जय गिरी बैठकका क्रममा ।

बैठकमा वरिष्ठ उपाध्यक्ष खड्का, दुई उपाध्यक्ष खतिवडा र विराटजंग शाही तथा सदस्यहरु रविन्द्र चन्द, महेन्द्र क्षेत्री, पेमा डोल्मा लामा, रुपेश अधिकारी र रमेश ब्यन्जनकार उपस्थित थिए ।

‘बैठकमा फोर नेशन्स कपलाई कसरी सफल बनाउने भन्ने छलफल गरियो । प्रतियोगिता संयोजकले बोलाएको बैठकमा उहाँहरुले बहिस्कार गरेको विषयमा छलफल भयो । उहाँहरु फुटबल नभएर रोजी राटीका लागि आउनुभएको छर्लंग भयो,’ खतिवडाले दुःख पोखे, ‘फोर नेशन्स कपको सफलतासँगै २०२६ को महिला साफ च्याम्पियनसिप कसरी जित्ने, २०२७ र २०३१ को महिला विश्वकपमा कसरी छनोट हुनेजस्ता विषयमा छलफल गरेका छौं ।’

बैठकले नेपाल, कीर्गिस्तान, लेवनान र म्यानमार सम्मिलित प्रतियोगिता भब्यरुपमा आयोजना गर्ने निर्णय गरेको एन्फा केन्द्रिय सदस्य एवं प्रतियोगिता समितिका नवनियुक्त सदस्य रुपेश अधिकारीले बताए ।

‘सचिवालयको असहयोगबीच बैठक सम्पन्न भएको छ । विभिन्न निर्णय र समिति गठन गर्दै प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्ने निर्णय भयो,’ प्रतियोगिता आयोजना समितिका सदस्य तथ केन्द्रिय सदस्य रुपेश अधिकारीले खेलाडी डटकमसँग भने ।

एन्फाका कार्यसमिति सदस्यद्धय रविन्द्र चन्द र रमेश ब्यन्जनकार (दायाँ) बैठकका क्रममा ।

यसअघि आइतबार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कार्यसमितिका असन्तुष्ट सात सदस्यले एन्फा कार्यसमिति बैठक माग गर्दै महासचिवलाई पत्र बुझाएका थिए । एन्फाको विधानअनुसार एक तिहाई सदस्यले माग गरेको बैठक अध्यक्षले २१ दिनभित्र बोलाउनु पर्नेछ ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team