आश्विन १, २०८२ बिहीबार | १५:४५:५५
नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल

एन्फा कार्यसमिति बैठक बोलाउन सात सदस्यको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सात सदस्यले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न कार्यसमिति बैठक बोलाउनका लागि सामूहिक माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र दुई उपाध्यक्ष विराटजंग शाही तथा दीर्घबहादुर केसीसहितले कार्यसमिति बैठक बोलाउन माग गर्दै महासचिव किरण राईलाई इमेलमार्फत पत्र बुझाएका छन् ।  

कार्यसमिति बैठक माग गर्दै पत्राचार गर्नेमा वरिष्ठ उपाध्यक्ष खड्का र उपाध्यक्षद्धय शाही र केसीसँगै सदस्यहरू रुपेश अधिकारी, रमेश व्यञ्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामा छन् ।

विधानको धारा ३९ को व्यवस्थाअनुसार, प्रत्येक वर्षमा ४ पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहे पनि लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका क्रियाकलाप भइरहेको कारण बैठक बोलाउनुपरेको उनीहरुको जिकिर छ ।

नियमित रुपमा बैठक नबसी नेतृत्व र सचिवालयले मनोमानी तरिकाबाट संघ चलाउँदा कार्यसमितिको अधिकार हनन हुनुका साथै संगठनको अनुशासन र प्रभावकारीतामा गम्भीर असर पुर्याएको उनीहरुले बताएका छन् ।

उनीहरूले एन्फा विधानको धारा ३९ को उपधारा (२) बमोजिम कार्यसमितिको बैठक आव्हान गर्न माग गरेका हुन् ।

विधानको धारा ३९ को उपधारा २ अनुसार यसरी कार्यसमितिका एकतिहाई सदस्यले बैठक बोलाउन अनुरोध गरेपछि अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने वैधानिक प्रावधान छ । यदी अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यहरुले बैठक बोलाउन पाउने छन् ।

उनीहरुले निम्नलिखित एन्जेन्डमा छलफल हुनुपर्ने माग गरेका छन्ः

१. सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाको लागि एन्फको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ सम्बन्धमा

२. महिला लिग, महिला एकेडेमी, मिसन २०२७/२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी सम्बन्धमा

३. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकाडेमी संचालन सम्बन्धमा

४. सहिद स्मारक ‘ए’ डिभिजन लिग संचालन सम्बन्धमा

५.खेलाडीलाई घोषणा गरीएको पुरस्कार वितरण सम्बन्धमा

६. आन्तरिक लेखा परीक्षण प्रतिवेदन र अडिट रिपोर्ट सम्बन्धमा

७. सहिद स्मारक ‘बी’ डिभिजन लिग र एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा

८. एन्फा महासचिव लगायत सचिवालय कर्मचारीको कार्यक्षमता मुल्याङकन तथा तलब भत्ता सेवा सुविधाहरुको पुनर्मुल्याङकन सम्बन्धमा ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA