काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन बनेको छ ।
नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टरले हेडलाइन हुरिकेन्सलाई ४-० ले पराजित गर्यो । सबै गोल टिमका मार्की अभिनव जोशीको नाममा रह्यो ।
लिग चराणमारिपोर्टर, हेडलाइन र बाइलाइन ब्यान्डिजले समान दुई खेल जितेका थिए । तर गोलअन्तरमा अघि रहँदै रिपोर्टस र हेडलाइनले उपाधि भिडन्त पक्का गरेका थिए । यसैगरी फिचर फ्यान्टमस भने जितविहिन रह्यो ।
रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५-२ ले हराएको थियो ।
प्रतियोगिताका चार खेलमा ११ गोल गरेका अभिनव उत्कृष्ट खेलाडी घोषित भए। बाइलाइन ब्यान्डिजका शिशिर बस्नेत उदीयमान खेलाडी र हेडलाइनका सुजल थापा उत्कृष्ट गोलकिपर चुनिए ।
विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटर थमन भुसालले ट्रफी प्रदान गरेका थिए ।