माघ २३, २०८१ बुधबार | २३:२८:५०
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

बोस्टन क्रिकेटको सान्त्वना जित

काठमााडौं । बोस्टन क्रिकेट झापाले अर्जुन ट्रफीमा बुधबार घोडाघोडी-११ माथि एक रनको रोमाञ्चक जित हात पारेको छ ।

यस नतिजासँगै समूह ‘ए’ बाट फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाइनल पुगेका छन् । घोडाघोडी भने समूह चरणबाटै बाहिरिएको छ । बोस्टनको यसअघि नै सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसेको थियो । 

बिहीबार हुने धनगढी र घोडाघोडीबीचको खेलबाट समूह विजेता र उपविजेता टुंगो लग्नेछ  ।

बोस्टनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमायँदै १६० रन बनायो ।

घोडाघोडीका लागि दिनेश रावतले सर्वाधिक ४० बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी आयुव चन्दले २४, दीपक टमाटाले १९ र कप्तान शेर मल्लले १० रन बनाए ।  

अन्तिम ओभरमा घोडाघोडीलाई जितका लागि १० रन चाहिएको अवस्थामा रमेश भट्टले आठ रन मात्र खर्चिएका थिए । बोस्टनका लागि अभिषेक कार्कीले तीन तथा अरुण ऐरी र रमेश भट्टले समान एक विकेट लिए ।

त्यसअघि  टस जितेर ब्याटिङ रोजेको बोस्टनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो । बोस्टनका लागि रोशन शाहले ४१, अभिषेक कार्कीले अविजित ३७, ओपनर रोहन विकले ३७ र पवन कार्कीले  २० रन जोडे ।

घोडाघोडीका लागि शेर मल्लले दुई तथा नरबहादुर सार्की, नरेन साउद, आयुव चन्द र सौर्य श्रेष्ठले समान एक विकेट लिए ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो