माघ २४, २०८१ बिहीबार | ००:५२:१०
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

एपिएफ र आर्मी भन्दा पछाडि पुलिस

काठमाडौं । नेपाली फुटबलमा जति जति बेला विभागीय टोलीहरू एपिएफ, आर्मी र पुलिस एक आपसमा भिड्छन्, त्यति बेला प्रतिष्ठा दाउमा रहने गर्छ । जिते नायक भइहाल्यो, नत्र गाह्रै हुन्छ ।

पुलिसको महिला फुटबल टिमका प्रशिक्षक र खेलाडीले अहिले यस्तै महसुस गरिरहेको हुनुपर्छ । अहिले एन्फा महिला लिग सकिने संघारमा छ ।

एकाध खेल, त्यसपछि त प्लेअफ । प्रतियोगिताको यहाँसम्मको मोडमा एउटा तथ्य निश्चित छ, पुलिस टिमको प्रदर्शन एपीएफ र आर्मीको भन्दा धेरै पछाडि छ ।

प्रतियोगिताको दोस्रो चरणको सबै आठ खेल खेलिसक्ने पुलिस पहिलो टिम बनेको छ र यसबीच उसको खातामा रहेको अंक हो, मात्र ११ ।

यसै कारणले त हो, दोस्रो चरणका पाँच टिममध्ये पुलिस तेस्रो स्थानमा मात्रै रहेको । यसै कारण पुलिसले इलिमिनेटरमा बागमतीको सामना गर्ने भएको । यी आठ खेललाई विश्लेषण गर्दा मज्जाले भन्न सकिन्छ, पुलिसको प्रदर्शन कमजोर छ । विशेषतः गोल निकाल्ने काममा त पुलिसलाई मर्का नै परिररहेको छ ।

प्रशिक्षक भोलानाथ सिलवालले एक पटक होइन्, तीन पटक भनिसकेका छन्, पुलिसलाई अग्रपंक्तिमा समस्या नै छ । हुन् पनि, पुलिसले आफ्ना पछिल्ला तीन खेलमा कुनै गोल गर्न सकेको छैन् । त्यसैको नतिजा त हो, पुसिलले दोस्रो चरणका आफ्ना पछिल्ला पाँच खेलबाट चार अंक मात्र बटुल्न सकेको ।

खासमा पुलिसका लागि प्रतियोगिताको क्वालिफायर-१ मा छनोट हुन नसक्नु नै असफलता हो । दोस्रो चरणमा पुलिसले एपिएफ र आर्मीविरुद्ध एउटै जित निकाल्न सकेन् । पहिलो चरणमा पनि पुलिसले यी दुई प्रतिद्वन्द्वीसँग बराबरी नै खेलेको हो । पहिलो चरणमा आर्मीले २२ अंक जित्दा पुलिसको २१ थियो ।

यो भयो एकै अंकको दूरी । दोस्रो चरण आइपुग्दा त यो दूरी कम्तीमा पाँच अंक हुने निश्चित छ । पहिलो चरणमै पुलिस एपिएफ भन्दा चार अंकले मात्र पछाडि रहेको थियो । यसपल्ट १० अंकको अन्तर । एपिएफ र आर्मीबीचको खेल त बाँकी नै छ, यस्तोमा यो अन्तर अझ बढ्ने निश्चित छ ।

फुटबलको एउटा सिद्धान्त हो, प्रतियोगिता चलिरहेकै बेला कुनै पनि टिमको न त चर्को आलोचना गर्न मिल्छ, न त प्रशंसा नै । त्यस अर्थमा पुलिस टिमको पनि धेरै नपुग खोज्न काम नगरौं ।

उसको अगाडि इलिमिनेटर खेल बाँकी नै छ । सम्भवतः क्वालिफायर-२ पनि पुग्नेछ । त्यो भनेको पुलिससामु अझै अवसर भने छ, निर्णायक मोडमा एपिएफ र आर्मीलाई पछाडि पार्ने ।
 


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो