काठमाडौं । संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार हिमालयन शेर्पा क्लबविरुद्ध ३ ० को सहज जित दर्ता गरेको छ ।
जितसँगै संकटाले पाँच खेलमा १० अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट एक अंक छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन गुन्डस सुनुवार, पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे ।
खेलको १६औं मिनेटमा गुन्डसको गोलमार्फत संकटाले अग्रता लिएको थियो । इन्जुरी समयमा पेम्बाले टोलीको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमै प्रजलले गोल गर्दै संकटालाई सहज जित दिलाए । सोमबारै सम्पन्न पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-० को जित दर्ता गर्यो ।
भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो