काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग २०२४–२५ अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा त्रिभुवन आर्मीले बागमती युवा क्लबको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सुपर स्टेजको पहिलो चरणमा आर्मीले बागमतीमाथि २–० को जित हासिल गरेको थियो । आर्मीका लागि दुबै गोल विंगर विमला चौधरीले गरेकी थिइन् । एकहिसाबले आर्मीका लागि यो सहज जित रह्यो ।
सोमबार भने आर्मीलाई पहिलो चरण जस्तो सहज हुनेछैन । त्यतिबेला बागमतीको टोली पूर्ण थिएन । मात्र १८ जना खेलाडी सूचीमा थिए । जसको प्रत्यक्ष असर खेलमा पुगेको थियो । खेलाडीमा एक्सपोजरको पनि कमि थियो । बागमतीलाई दोस्रो चरणमा कम्तिमा पनि आफ्नो गल्ती सुधार्ने अवसर हुनेछ ।
बागमतीले पहिलो चरणको अन्तिम खेलमा वालिङ नगरपालिकालाई २–० ले पराजित गरेको थियो । आर्मीले भने विभागीय डर्बीमा एपिएफ क्लबविरुद्ध ३–१ को हार बेहोरेको थियो । आर्मीसँग कम्तिमा पनि अंक खोसे बागमतीलाई प्लेअफ समीकरणमा आफ्नो पकड बलियो बनाउनेछ ।