पुस २३, २०८१ मंगलबार | ०५:४३:२४
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

आर्मी र पुलिस भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणको विभागीय डर्बी आज (आइतबार) हुँदैछ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउसो ३ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको आफ्नो दोस्रो खेलमा दुबै टोली भिड्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली विजयी भएका थिए ।

आर्मीले विमला चौधरीको दुई गोल मद्धतमा बागमती युवा क्लबलाई २-० ले हराएको थियो । पुलिसले वालिङ नगरपालिकालाई ५-० ले हराएको हो । पुुलिसको जितमा अनुस्का शेर्पा र सम्झना लावतीले समान दुई गोल गरेका थिए । एक गोल राष्ट्रिय टोलीकी रक्षक पुजा रानाले गरेकी हुन् ।

दुबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहनेछ । यद्यपि, आर्मीले सेनाको तालिममा पुगेकी अमिषा कार्की र घाइते दीपा शाहीलाई गुमाउने छ । दुबै खेलाडी नहुँदा पहिलो खेलमा आर्मीको अट्याकिङ थर्डमा समस्या थियो ।

यता, घाइते दीपा न्यौपाने र युएईमा खेलिरहेकी रेखा पौडेल पुलिसमा हुने छैनन् । पहिलो चरणमा दीपाको प्रदर्शन औषत थियो । दोस्रो चरणमा प्रशिक्षक भोलानाथ सिलवालले दीपाको स्थानमा पुजालाई खेलाएका थिए । पुजाको प्रदर्शनबाट प्रशिक्षक सिलवाल सन्तुष्ट रहेका छन् ।

पाँच टोली सहभागी लिगको शीर्ष चारमा रहने टोली प्लेअफमा स्थान बनाउनेछन् । माघ १६ गते लिगको फाइनल हुनेछ । लिगमा तीन विभागीय टोलीसहित वालिङ र बागमती सहभागी छन् । कोशीले आर्थिक कारण देखाउँदै नखेलेपछि बागमतीले अवसर पाएको हो । 
 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC