पुस २४, २०८१ बुधबार | ०१:४३:०५
मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन पुनरागमन जित निकाल्दै पुलिस फाइनलमा बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा खेलकुदमा विभेद किन?: युवराज लामा मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन पुनरागमन जित निकाल्दै पुलिस फाइनलमा बराबरीमा रोकिए पुलिस र हिमालयन शेर्पा खेलकुदमा विभेद किन?: युवराज लामा

संकटाको जितमा पेम्बाको ह्याट्रिक

गोलको खुसीयाली मनाउँदै पेम्बा(अगाडि), तस्विरः एन्फा ।

काठमाडौं । पेम्बा तामाङको उत्कृष्ट प्रदर्शनप्रेरित संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार एफसी खुमलटारविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै सुखद सुरुआत गरेको संकटाले तीन अंक जोडेको छ । खुमलटारले हारबाट प्रतियोगिता सुरु गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन पेम्बाले ह्याट्रिक गर्दा एल्सन राईको नाममा एक गोल रह्यो । खुमलटारका लागि सूर्य थापामगरले गोल फर्काए ।

संकटा र खुमलटार प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको आठौं मिनेटमा एल्सनको गोलमार्फत संकटाले अग्रता लिएको थियो । ३६औं मिनेटमा पेम्बाले टोलीको अग्रता दोब्बर बनाए ।

पेम्बाले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा संकटा ३-० ले अगाडि बढ्यो । दुई मिनेटपछि नै सूर्यले खुमलटारका लागि गोल फर्काए ।

पेम्बाले ७०औं मिनेटमा ह्याट्रिक पूरा गर्दै संकटालाई ४-१ को सहज जित दिलाए । सामबारै सम्पन्न खेलमा थ्री स्टार र नेपाल एपिएफ क्लब गोलरहित बराबरीमा रोकिए ।


भिडियो
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC