पुस २४, २०८१ बुधबार | ०८:३४:०३
आर्सनल घरेलु मैदानमै पराजित राष्ट्रिय महिला लिगः पुलिस र बागमतीको खेलमा देखिएको अनौठो दृश्य वालिङविरुद्ध आर्मीलाई गोलको भोक जय ट्रफीः आर्मीले बागमती तथा पुलिसले मधेशको सामना गर्दै मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा आर्सनल घरेलु मैदानमै पराजित राष्ट्रिय महिला लिगः पुलिस र बागमतीको खेलमा देखिएको अनौठो दृश्य वालिङविरुद्ध आर्मीलाई गोलको भोक जय ट्रफीः आर्मीले बागमती तथा पुलिसले मधेशको सामना गर्दै मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा

रश्मी चम्किदा एपिएफको सानदार जित

बालिङविरुद्ध प्रतिस्पर्धा गर्दै रश्मी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा वालिङ नगरपालिकाविरुद्ध ९-० को सानदार जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ ।  लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ ।

पहिलो खेलमा एपिएफले बागमती युवा क्लबलाई ५-१ ले पराजित गर्दा वालिङले पुलिससँग ५-० को हार ब्यहोरेको थियाे ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुलेसमान दुई र अनिता केसीले एक गोल थपे ।

एपिएफ र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गीताले टोलीको अग्रता दोब्बर बनाइन् ।

रश्मीले छैटौं र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एपिएफ ४-० ले अगाडि बढ्यो ।

सुरुले ३१ र ३९औं मिनेटमा गोल गर्दा एपिएफको अग्रता ६-० मा पुग्यो । ४२औं मिनेटमा गीताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।

रश्मीले ७७औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । इन्जुरी समयमा अनिताले गोल गर्दै एपिएफलाई ९-० को सनदार जित दिलाइन् । 


भिडियो
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC