पुस २३, २०८१ मंगलबार | ०१:५१:३१
फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल रश्मी चम्किदा एपिएफको सानदार जित आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने

रश्मीको ह्याट्रिकमा एपिएफको सहज जित

‘प्लेयर अफ द म्याच’ को अवार्ड लिँदै रश्मी, तस्विरः एन्फा ।

काठमाडौं । रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा बागमती युवा क्लबविरुद्ध ५-१ को सहज जित दर्ता गरेको छ ।

यससँगै एपिएफले दोस्रो चरणमा सुखद सुरुआत गर्दा बागमतीको यो लगातार दोस्रो हार यो । यसअघि बागमती त्रिभुवन आर्मी फुटबल क्लबसन्ग २-० ले पराजित भएको थियो । 

शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीको नाममा समान एक गोल रह्यो । बागमतीका लागि पुष्पाकुमारी खड्काले गोल फर्काइन् ।

एपिएफ र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको छैटौं मिनेटमा रश्मीको गोलमार्फ एपिएफले अग्रता लिएको थियो । ६ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।

पुष्पाले १७औं मिनेटमा बागमतीका लागि बराबरी गोल फर्काइन् । २७औं मिनेटमा गीताले एपिएफका लागि तेस्रो गोल गरिन् ।

रश्मीले५९औं मिनेटमा ह्याट्रिक पूरा गर्दा एपिएफ ४-१ ले अगाडि बढ्यो । ७०औं मिनेटमा अनिताले गोल गर्दै एपिएफलाई ५-१ को सहज जित दिलाइन् । 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC