पुस १२, २०८१ शुक्रबार | ०५:४९:४८
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

बाँके जिल्लास्तरीय मेयर कप माघ पहिलो सातादेखि हुने

सांकेतिक तस्विर

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा मेयर कप पुरुष फुटबल प्रतियोगिता प्रतियोगिता नेपालगन्ज रंगशालामा माघ ५ गतेदेखि हुने  भएको छ ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले माघ महिनामा जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

 प्रतियोगिताको तयारी सुरु भैसकेको अध्यक्ष शाहीले बताए । यस पटक महिला र पुरुष मेयर कप फुटबल प्रतियोगिता छुटा-छुटै मितिमा आयोजना गर्न लागिएको उनले जानकारी दिए  ।

अध्यक्ष शाहीले भने ‘बाँके जिल्लाभरीको विद्यालयहरुको सहभागिता हुने भएकोले मेयर प्रतियोगितामा पुरुष र महिलाको फरक–फरक मितिमा गर्ने निर्णय गरेका छौं । यसले व्यवस्थापनमा पनि सहज हुने र प्रतियोगिताबाट प्रतिभावान खेलाडी छनोटमा सहयोग पुग्नेछ ।’

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि गर्दै आएको मेयर कपमा जिल्लाका आठ स्थानीय तहका निजी तथा सामुदायीक विद्यालयको सहभागिता हुने गरेको छ ।

मेयर कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर अन्य जिल्लासँग मैत्रीपुर्ण खेल खेल्ने संघको योजना छ । गत वर्ष प्रतियोगिताबाट छानेर तयार पारिएको टोलीले कैलालीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

कप फुटबल प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने संघले अनुमान गरेको अध्यक्ष शाहीले बताए ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh