फाल्गुन २७, २०८२ बुधबार | १८:५४:३४
विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध

फाइनलको टिकट विक्री अस्तव्यस्तः दशौं हजार समर्थक सकसमा

काठमाडौं । दशरथ रंगशालामा आज साँझ नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट विक्री गर्न उचित प्रवन्ध मिलाउन नसक्दा दशौं हजार दर्शकले सास्ती खेपिरहेका छन् ।

पूरा प्रतियोगिताको टिकट विक्री ठेक्का एन्फासँग ८० लाखमा किनेको माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले भारतविरुद्ध आइतबार सम्पन्न विवादास्पद सेमिफाइनलमा सम्झौताविपरित बढि टिकट बेचेको आरोप लगाउँदै एन्फाले हिजो (मंगलबार)मात्र फाइनलको टिकट आफै बेच्ने निर्णय गरेको थियो ।

माउन्ट एभरेष्ट स्पोर्टसले खल्ती डिजिटल वालेट एपबाट टिकट बेचिरहेको थियो । तर एन्फाले अचानक आफैले सम्झौता गरेर दिएको कम्पनीबाट टिकट विक्री अधिकार खोस्दा समर्थकले अनलाइन टिकट खरिद गर्न पाएनन् ।

एन्फाले आफै टिकट बेच्ने भनेसँगै माउन्ट एभरेस्ट स्पोर्टससँग समर्थकले अनलाइन खरिद गरेका टिकट पनि खारेज गरेको थियो । एन्फाले भौतिक रुपमा जावलाखेल र भद्रकालीस्थित नेपाली सेना मुख्यालयको गेटमा टिकट विक्रीका लागि दुई काउन्टर सञ्चालन गरेको थियो ।

बिहान ८ बजेबाट एन्फाले टिकट विक्री खुल्ला गर्ने बताए पनि ९ बजेसम्म पनि काउन्टर खुलेका थिएनन् । जवकि पाँच बजेदेखि टिकट किन्न पुगेका हजारौं दर्शकको लाइन निक्कै लामो भइसकेको थियो । टिकट किन्ने दर्शकको ठूलो भिडका कारण भद्रकाली, सहिदगेट, न्यूरोड, त्रिपुरेश्वर, थापाथली, जावलाखेल, मानभवन, पुल्चोक, कुपन्डोल, लगनखेल लगायतका स्थानमा ट्राफिक व्यवस्थापन पनि प्रभावित भइरहेको छ ।

टिकट किन्न आतुर दर्शकको भिड अत्याधिक भएपछि काउन्टर वरिपरीको सुरक्षा व्यवस्था समेत प्रभावित भएको छ ।

एन्फाले नै बेचेको कम्पनीबाट अनलाइनमार्फत किनिसकेको टिकट काम नलाग्ने भनेपछि दोहोर्याएर सकसपूर्ण लाइन बस्न बाध्य भएकोमा आक्रोषित समर्थक र सुरक्षाकर्मीबीच थुप्रै पटक सामान्य घम्साघम्सी पनि भएको छ ।

नेपाली महिला फुटबलको इतिहासमै सबभन्दा लामो समयसम्म चलेको नाटकीय सेमिफाइनलमा भारतमाथि टाई–ब्रेकरमा जित हासिल गर्दै नेपाली टोली फाइनल पुगेको थियो ।

फाइनलमा नेपालले अघिल्लो संस्करणको विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामै सम्पन्न अघिल्लो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपाधिबाट बिमूख भएको थियो । अघिल्लो संस्करणको सेमिफाइनलमा पनि नेपालले भारतलाई नै पाखा लगाएको थियो ।

यसपाली निक्कै रोमाञ्चक सेमिफाइनलमा भारतमाथि सनसनीपूर्ण जित हासिल गरेका कारण नेपाली समर्थक निक्कै उत्साहित छन् ।

विगतमा पाँच पटक फाइनल खेले पनि एकै पटक उपाधि जित्न नसकेको नियति यसपाली महिला टोलीले बदल्ने आशामा बिहानैदेखि दशौं हजारको भिड टिकट खरिदका लागि काउन्टरतिर पुगेको छ ।

काउन्टरमा टिकट किन्न पाउने आशामा गर्भवती महिलादेखि, बृद्धबृद्धा तथा ससाना बालकहरुको पनि उत्साहजनक उपस्थिती छ ।

काउन्टरमा पाँच बजेदेखि समर्थकको ठूलो भिड लाइनमा बसे पनि पहुँचवाला एकैजनाले असीमित टिकट लगेको, लाइन व्यवस्थापन निक्कै कमजोर रहेको लगायतका गुनासो समर्थकहरुले गरेका छन् । 

(सबै तस्विर: सराेज सापकाेटा / खेलाडी )


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||