मंसिर १९, २०८१ बुधबार | १३:३९:०८
पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं

साफ च्याम्पियनसिपः सेमिफाइनल समीकरण सहज बनाउने नेपालको लक्ष्य, डराएको छैन श्रीलंका

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार श्रीलंकाको सामना गर्दैछ । समूह ‘बी’ को यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

श्रीलंकाविरुद्ध मैदानमा उत्रिरहँदा प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा रहेको नेपाली टोलीको लक्ष्य हुनेछ, फराकिलो जित निकालेर सेमीफाइनल समीकरणलाई सहज बनाउने । पहिलो खेलमा भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको नेपालले त्यसपछिको खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जित हासिल गरेको थियो । भुटान र नेपालको समान चार अंक छ । गोल भिन्नताका आधारमा आठ गोलले अगाडि रहेको नेपाल शीर्ष स्थानमा छ । श्रीलंकालाई हराए नेपाल यथास्थानमा रहेर अन्तिम चारमा पुग्नेछ ।

नेपाललाई हराए श्रीलंकाले पनि सेमिफाइनलको यात्रा गर्नेछ । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा भुटानसँग ४-१ को पराजय बेहोरेको श्रीलंकालाई बिहीबार आयोजक नेपाललाई स्तब्ध पारेर अगाडि बढ्ने अवसर छ । तर, साफ च्याम्पियनसिप सातौं संस्करणसम्म आइपुग्दा कहिल्यै पनि स्तब्धतापूर्ण नतिजा देख्न पाइएको छैन । के श्रीलंकाले यो इतिहास फेर्न सक्छ ? यसका लागि टोली तयार छ ?

श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्दै । 

‘प्रतियोगितामा हाम्रो सम्भावना अझै छ । आयोजकसँगको खेलका लागि हामी तयार छौं,’ भुटानविरुद्धको हारपछि श्रीलंकाका मुख्य प्रशिक्षक मोहम्मद हुसेन रुमीले भनेका थिए, ‘हामी अन्तिम समयसम्म लड्ने छौं ।’

नेपाल माल्दिभ्सविरुद्ध एकपक्षीय रुपमा हाबी देखिएको थियो । तर, त्यो खेलले श्रीलंकाविरुद्ध केही असर नपर्ने नेपाली प्रशिक्षक तामाङ बताउँछन्, ‘हाम्रा लागि ११ गोल ठूलो होइन, यसमा धेरै उत्साहित  पनि हुनु हुन्न । हामीले यस्तो टोलीविरुद्ध गोल गर्यौँ, जहाँ महिला फुटबललाई खासै महत्व दिँइदैन । हाम्रो लक्ष्य भनेको श्रीलंकालाई जसरी पनि हराउनु हो ।’

नेपाली टोली अप्रत्याशित नतिजालाई लिएर सजक छ । तुलनात्मक रुपमा कमजोर श्रीलंकाले पनि पाँच पटकको उपविजेता नेपाललाई स्तब्ध पार्न सक्ने झिनो आश बोकेको छ । तर, नेपाली बाक्लो समर्थकसामू खेल्न श्रीलंकालाई त्यति सहज भने हुने छैन । फेरि गोल मेसिन सावित्रा भण्डारीले श्रीलंकाविरुद्ध खेल्ने सम्भावना पनि छ ।

फ्रान्सको व्यस्त सेड्युलका कारण साफ च्याम्पियनसिपको पहिलो दुई खेल गुमाएकी सावित्रा श्रीलंकाविरुद्ध खेल्न तयार छिन् । फ्रान्सको शीर्ष डिभिजन क्लब एन भान गुएङ्गाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा आइतबार मध्यराति नेपाल आइपुगेकी थिइन् । सोमबार माल्दिभ्सविरुद्धको खेलमा प्रशिक्षक तामाङले फिजियोको सल्लाह अनुसार सावित्रालाई बेन्चमा राखेका थिए । श्रीलंकाविरुद्ध भने उनले सुरुआती राजाईमै खेल्ने पक्का पक्की जस्तै छ ।

नेपाल र भुटान प्रतिस्पर्धा गर्दै । 

सावित्रासँगै श्रीलंकाका लागि खतरा बन्न सक्ने अर्का खेलाडी हुन् रेखा पौडेल । रेखाले माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी थिइन् । श्रीलंकाका लागि गोलकिपर विरासिंगा प्रमुख खेलाडी हुन् । विपक्षी आक्रमण रोक्न विरासिंगाको भूमिका महत्वपूर्ण रहनेछ ।

साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग पाँच पटक खेलेको छ । जसमा नेपालले सबै खेल जितेको छ । यी खेलहरुमा कूल १७ गोल भएका छन् । सबै गोल नेपालको पक्षमा गएको छ । १६ गोल आफ्नो खेलाडीले गरेका हुन् भने एक गोल नेपालले आत्मघाती उपहार पाएको थियो ।

भारतको सिलिगुढीमा भएको चौंथो संस्करणको खेल श्रीलंकाका लागि बिहीबार प्रेरणाको स्रोत बन्न सक्छ । भएको के थियो त्यतिबेला ?

समूह चरणको खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले हराएको नेपालले तेस्रो खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । साफ च्याम्पियनसिप इतिहासमा नेपालका लागि यो बिर्सन नसक्ने खेलमध्येको एक हो । 

माल्दिभ्सविरुद्धको खेलअघि अभ्यास गर्दै सावित्रा भण्डारी । 

तेस्रो खेलमा भने नेपालले श्रीलंकाविरुद्ध गोलका लागि संघर्ष गर्नुपरेको थियो । अन्त्यमा नेपालले आत्मघाती गोल उपहार प्राप्त गर्दै श्रीलंकालाई १-० ले निराश पारेको थियो । अचम्मको कुरा के पनि छ भने नेपालविरुद्ध खेल्नुअघि श्रीलंकाले माल्दिभ्सविरुद्ध पाँच गोल खाएको थियो ।  त्यसैले भनिन्छ फुटबल अप्रत्याशित छ । श्रीलंका यही अप्रत्याशित नतिजाको आश लिएर बिहीबार नेपालविरुद्ध मैदान उत्रिनेछ ।


भिडियो
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20
विदेशी खेलाडी अझै सघर्ष गरिरहेका छन् : Pubudu Dassanayake Coach Janakpur bolts II NPL