मंसिर १९, २०८१ बुधबार | १३:५७:१०
पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं

साफ च्याम्पियनसिपः दुई विजेता भारत र बंगलादेशको भिडन्त कुर्दै पाकिस्तान

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा गत संस्करण भारत पहिलो पटक फाइनल पुग्न सकेन । छिमेकको बंगलादेशले पहिलो पटक दक्षिण एसियाली महिला फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको उपाधि जित्यो । त्यसअघिका पाँच संस्करणमा भारत लगातार च्याम्पियन भएको थियो ।

बुधबार च्याम्प्यिनसिपको सातौं संस्करणमा यी दुई पूर्व विजेता एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने समूह ‘ए’को यो खेल साँझ ५ः३० बजे सुरु हुनेछ । जसको पक्षमा नतिजा गयो, उसले शीर्ष टोलीको हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । शीर्ष स्थानमा रहनुको मतलब यो हो की उसले सेमिफाइनलमा सहज प्रतिद्धन्द्धी पाउनेछ, कम्तिमा कागजमा । त्यसैले पनि बहुप्रतिक्षित यो खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

भारत यसअघि नै सेमिफाइनल पुगिसकेको छ । भारतले पहिलो खेलमा चिर प्रतिद्धन्द्धी पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो । नतिजा एकपक्षीय देखिए पनि पाकिस्तानमाथि जित हासिल गर्न भारतलाई त्यति सहज भएन । भारतका लागि त्यो संघर्षपूर्ण जित थियो । भारतले ४–० को अग्रता लिइसकेको खेलमा पाकिस्तानले दुई गोल फर्काएपछि एक समय खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

साफ महिला च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै भारत (सुन्तला) र पाकिस्तान (सेतो) जर्सीमा । तस्विरः सरोज सापकोटा/खेलाडी

बंगलादेशले पनि आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको पाकिस्तानसँग संघर्षपूर्ण बराबरी खेल्यो । निर्धारित समयसम्म १–० ले पछाडि रहेको बंगलादेशले इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । अन्ततः बंगलादेश साफ च्याम्पियनसिप इतिहासमै पहिलो स्तव्धतापूर्ण नतिजाबाट जोगिएको थियो ।

अंकतालिकाको समिकरण विश्लेषण गरेपछि पाकिस्तान चाहन्छ, बंगलादेशले भारतसँग कम्तिमा पनि ३ गोलको हार बेहोरोस् । तर, यो कतिको सम्भव छ ?

पाकिस्तानविरुद्धको खेलपछि बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलर आफ्ना चेलीको प्रदर्शनमा गौरवान्वित थिए ।

‘मेरो करिअरमा मेले यति धेरै पोसेसन कायम राखेर खेलेको खेल देखेको छैन । खेलाडीले वास्तवमै राम्रो खेले । गोल मात्र ढिला निस्केको हो,’ वेस्ट ह्यामका पूर्व खेलाडी बटलरले टिमको नतिजा रक्षाको प्रयासमा भने, ‘जसले हामीलाई आलोचना गर्यो, त्यसले फुटबल नै बुझेको छैन ।’

बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक पिटर बटलर । तस्विर सौजन्यः एन्फा

बटलर यत्तिमै रोकिएनन् । थपे, ‘वर्तमान परिवेशमा बंगलादेशको महिला टोली पुरुष टोलीभन्दा राम्रो छ । हामीले पुरुषले भन्दा राम्रो फुटबल खेल्यौं ।’

तर, नतिजा त तपाइँको पक्षमा आएन नि ?

उनको जवाफ थियो, ‘फुटबल कहिलेकाँही एकदमै निर्दयी हुन्छ । हामीले योभन्दा नराम्रो खेलेर पनि जित्न सक्छौं । अनि यो भन्दा राम्रो खेलेर पनि हार्न सक्छौं । फुटबलको सुन्दरता पनि यहि नै हो ।’

बटलर भारतविरुद्धको खेलका लागि सकारात्मक देखिन्थे । मध्यान्तरमा उनले खेलाडीलाई जसरी खेलिरहेका छौ, त्यसरी नै खेल भनेर आदेश दिएको पनि बताए । जसको अर्थ उनलाई आफ्ना खेलाडीको खेलमा कुनै गुनासो थिएन । उनी आफ्नो योजना र मैदानमा टिमले त्यसअनुरुप गरेको प्रदर्शनमा विश्वस्त थिए ।

पाकिस्तानको सेमिफाइनल पुग्ने व्यावहारिक सम्भावना समाप्त भइसकेको छ । तर, फुटबलमा गणितको भूमिका ठूलो हुन्छ । प्रतियोगितामा त्यही गणितीय सम्भावनाको प्रतिक्षामा रहेको पाकिस्तानका मुख्य प्रशिक्षक भारतले बंगलादेशमाथि तीन गोल अन्तरको विजय पाएको हेर्ने आशामा छन् ।

पाकिस्तान राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अदील मिर्जा रिजिकी । तस्विर सौजन्यः एन्फा

समूह चरणमा दुई महारथी टोलीविरुद्ध यस्तो बलियो प्रदर्शन प्रस्तुत गर्नुभएको छ । के तपाइँ आफ्नो शीर ठाडो पारेर घर फर्कनु हुन्छ ? मुख्य प्रशिक्षक अदील मिर्जा रिजिकीलाई बंगलादेशको खेलपछि पत्रकारले सोधेका थिए ।

उनले प्रश्न भुईमा खस्न नपाउँदै प्रतिप्रश्न गरे, ‘हामी प्रतियोगिताबाट बाहिरिसक्यौं र ? अझै सम्भावना छ त ! भारतले बंगलादेशमाथि हामी अनुकूलको नतिजा ल्यायो भने नि ?

पाकिस्तानविरुद्धको खेल भारतका मुख्य प्रशिक्षक सन्तोष कास्यपका लागि पहिलो अन्तर्राष्ट्रिय खेल थियो । इण्डियन सुपर लिग (आइएसएल) क्लब ओडिसा एफसीका पूर्व सहायक प्रशिक्षक कास्यपले गत महिना मात्र भारतीय महिला टोलीको जिम्मेवारी लिएका थिए । साफ च्याम्पियनसिपअघि उनले तीन हप्ता मात्र टोलीसँग बिताउन पाएका थिए ।

बटलरले पनि गत मार्चमा मात्र बंगलादेशी टोलीको जिम्मेवारी लिएका हुन् । उनको नेतृत्वमा साफ च्याम्पियनसिपअघि बंगलादेशले चार अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा दुई खेलको नतिजा बंगलादेशको पक्षमा आएको थियो ।

साफ महिला च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध गोल गरेपछि बाला देवी (अगाडि) र उनकी सहकर्मी । तस्विरः सरोज सापकोटा/खेलाडी

स्ट्राइकर एनगाङ्गोम बाला देवीको पुनरागमनसँगै भारतीय टोली बलियो देखिएको छ । दुई वर्षअघि बाला देवीले घुँडाको चोटका कारण प्रतियोगिता गुमाएकी थिइन् । उनीसँगै केही सिनियर खेलाडी प्राविधिक कारणवश टोलीमा समावेश भएका थिएनन् । यसपालि टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ ।

बाला देवीसँगै पाकिस्तानविरुद्ध आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गरेकी कप्तान तथा रक्षक आशालता देवी, रक्षक दालीमा छिब्बर र फरवार्डद्धय ग्रेस डाङ्मेइ र अञ्जु तामाङको अनुभव भारतसँग छ । बाला देवीले पाकिस्तानविरुद्ध एक गोल गरेकी थिइन् । गेलसँगै उनको पुनरागमन सफल त रह्यो नै । उनले भारतीय महिला फुटबलमा ५० गोलको आँकडा पनि पूरा गरिन् । त्यस्तै प्लेयर अफ दी म्याच दालीमाले दुई गोल गरिन् । बंगलादेशविरुद्ध यिनै खेलाडीको अनुभवले भारतलाई शीर्ष स्थान र पाकिस्तानलाई सेमिफाइनल समीकरणमा कायम राख्न सहयोग गर्न सक्छ ।

बंगलादेशको टोली युवा खेलाडीले भरिएको छ । टोलीका मुख्य खेलाडीहरु फरवार्ड तथा कप्तान सवीना खातुन र गोलकिपर रुप्ना चक्मा हुन् । बुधबार विंगर मोनिका चक्मा भारतलाई खतरा बन्न सक्ने अर्की खेलाडी हुन् । उनकै क्रसमा समसुनुहार जेले पाकिस्तानविरुद्ध बराबरी गोल फर्काएकी थिइन ।  मोनिका खेलअवधिभर मैदानमा छाइरहेकी थिइन् । उच्च गति उनको प्रमूख विशेषता हो । उनलाई रोक्न पाकिस्तानका खेलाडीलाई हम्मे हम्मे परेको थियो । उनको त्यो प्रदर्शन खेलपछि प्लेयर अफ दी म्याचको हकदार बन्यो ।

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पाकिस्तानविरुद्ध इन्जुरी समयमा बराबरी गोल फर्काएपछि सेलेब्रेसन गर्दै बंगलादेशी खेलाडी समसुनुहार जे । तस्विरः सरोज सापकोटा/खेलाडी
 

कप्तान सवीना भने पाकिस्तानविरुद्ध खुलेर खेल्न सकेकी थिइनन् । उनलाई विपक्षी मिडफिल्डरले चल्न दिएका थिएनन् । निश्चित् छ, भारतविरुद्ध पनि त्यही खतरा दोहोरिनेछ । किनभने सवीना वर्तमान परिवेशमा दक्षिण एसियाकै स्तरीय खेलाडीमध्येकी एक हुन् । पाकिस्तानी प्रशिक्षक रिजिकीले उनका बारेमा यसो भनेका थिए, ‘सवीना दक्षिण एसियाकै स्टार खेलाडी हुन् । हामी आज उनलाई रोक्न सफल भयौं । यसमा म आफ्ना खेलाडीलाई स्याबासी दिन चाहन्छु ।’

सवीना खेलको ७०औं मिनेटमा प्रतिस्थापन भएकी थिइन् ।

साफ च्याम्पियनसिप इतिहासमा बंगलादेश र भारत ६ पटक आमने सामने भएका छन् । जसमा भारतले चार खेलमा विजयी प्राप्त गरेको छ । एक खेल बराबरीमा टुंगिदा एक खेल बंगलादेशको पक्षमा गएको छ । बंगलादेशले यो जित पछिल्लो संस्करणमा यहि मैदानमा प्राप्त गरेको हो । समूह चरणको उक्त भेटमा बंगलादेशले ३–१ गोल अन्तरको जित हासिल गरेको थियो ।

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बंगलादेशी खेलाडी मोनिका चक्मा (हरियो) विरुद्ध बल खोस्दै पाकिस्तानी कप्तान मारिया खान (सेतो) । तस्विर सौजन्यः एन्फा

भारतले यी ६ भेटमा कूल २१ गोल गरेको छ भने बंगलादेशले जम्मा पाँच । बंगलादेशको पोस्टमा बाला देवीले सबैभन्दा धेरै पाँच गोल गरेकी छिन् । जसमा एक ह्याट्रिक समावेश छ । भारतविरुद्ध बंगलादेशका लागि फरवार्ड मोसाम्मत सिरात शोप्नाले सर्वाधिक तीन गोल गरेकी छन् । गत संस्करण बंगलादेशले उपाधि जित्दाकी मुख्य खेलाडी सिरात यसपालि टोलीमा छैनन् ।

इतिहास हेर्दा भारत बंगलादेशविरुद्ध हावी देखिन सक्छ । तर, बंगलादेशले पछिल्ला वर्षहरुमा महिला फुटबलमा ठूलो फड्को मारेको छ । तथापि बुधबार दशरथ रंगशालामा भारतीय खेलाडीको अनुभव खेललाई बंगलादेशले नसोचेको नतिजाउन्मुख बनाउने मुख्य कारण बन्न सक्छ । पाकिस्तानले कुरिरहेको पनि यहि नै हो ।
 


भिडियो
कर्णालीलाई हराउँदै पहिलो जित निकालेपछि काठमाडौं गुर्खाजका कप्तान करण केसी
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20