माघ ३, २०८२ शनिबार | ०१:०२:३२
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

प्रशिक्षक एनरिकेसँग झगडा गरेपछि डेम्बेलेलाई कार्बाही, आर्सनलविरुद्धको खेल गुमाउने

काठमाडौं । मंगलबार राति युइएफए च्याम्पियन्स लिगको आफ्नो दोस्रो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले इङ्लिस क्लब आर्सनलको सामना गर्दैछ । यस बहुप्रतिक्षित खेलअघि आर्सनलले केही राहत महसुस गरेको छ ।

पिएसजीका प्रमुख खेलाडी ओस्मान डेम्बेले टोलीमा समावेश नभएपछि आर्सनललाई घरेलु मैदानमा हुने खेलमा केही राहत पुग्ने अनुमान गरिएको छ ।

यस सिजन डेम्बेले उच्च लयमा छन् । फ्रेन्च विंगर डेम्बेलेले लिगमा ६ खेल खेल्दा ४ गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगको पहिलो खेलमा जिरोनाविरुद्ध पनि खेलेको थिए । 

विभिन्न सञ्चार माध्यमका अनुसार मुख्य प्रशिक्षक लुइस एनरिकेसँग विवाद भएपछि डेम्बेलेलाई लण्डन भ्रमण गर्न लागेको टोलीमा नराखिएको हो । फ्रेन्च लिग वानमा रेनेसविरुद्धको खेलपछि उनीहरूबीच विवाद भएको थियो ।

रिनेसविरुद्ध ३-१ को सहज जित हासिल गरेको पिएसजी अंकतालिकाको शीर्षस्थानमा छ । खेलमा एक गोलका लागि असिस्ट दिएका २७ वर्षिय विंगर डेम्बेलेलाई ८२औं मिनेटमा प्रतिस्थापन गरिएको थियो । उनको स्थानमा एनरिकेले १६ वर्षिय फ्रेन्च विंगर इब्राहिम एमबायेलाई मौका दिएका थिए । प्रतिस्थापनपछि एनरिके र डेम्बेलेबीच तनाव सृजना भएको थियो ।

‘यदि कसैले खेलको सम्मान गर्दैन भने उ खेलका लागि तयार छैन । म मेरो खेलाडी खेलका लागि तयार रहेको हेर्न चाहन्छु, त्यसैले मैले डेम्बेलेलाई टोलीबाट हटाएको हुँ । म टोलीबाट शीर्षस्तरको प्रदर्शन अपेक्षा गर्छु । यो मेरो काम हो,’ एनरिकेले भने, ‘यो एउटा गाह्रो परिस्थिति हो । तर, प्रशिक्षकको जिम्मेवारीमा भएपछि हामीले गाह्रो निर्णय पनि लिनुपर्छ ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate