आश्विन ३, २०८१ बिहीबार | २१:३७:४०
प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन

पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल

पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व खेलाडीद्धय भोलानाथ सिलवाल र रविन श्रेष्ठ अहिले फरक भूमिकामा छन् । अहिले भोला र रविन विभागीय टोली नेपाल पुलिस क्लबको महिला टोलीलाई प्रशिक्षित गरिरहेका छन् । भोला टोलीका मुख्य प्रशिक्षक हुन् भने रविन भोलाका सहायक ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा अहिले ‘एन्फा राष्ट्रिय महिला लिग’ चलिरहेको छ । बुधबारको पहिलो खेलमा जारी लिगमा अपराजित पुलिस चन्द्रपुर नगरपालिकासँग झण्डै स्तब्ध भएको थियो । दोस्रो हाफको मध्यतिर गोलकिपर उषा नाथले चन्द्रपुरकी दीलकुमारी मगरको पेनाल्टी नबचाएको भए पुलिसले लिगकै पहिलो हार बेहोर्नुपर्ने स्थिति सिर्जना भएको थियो । अन्त्यमा खेल गोलरहित बराबरीमा टुंगियो र पुलिस जारी लिगमा पहिलो हार भोग्नबाट जोगियो ।

खेलाडीको प्रदर्शनमा असन्तुष्ट देखिएका भोला दोस्रो हाफको कुनै पनि समय शान्त देखिएनन् । खेलाडीहरुले आपसमा तालमेल मिलाउन सकिरहेका थिएनन् । पाएका राम्रा अवसरलाई पनि खेर फालिरहेका थिए । यसबीच वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी सिनियर खेलाडी घिमकुमारी गुरुङ ६ पटक अफसाइड पोजिसनमा रहिन् । त्यसैकारण भोला शान्त रहन सकेनन् । टचलाइनबाट चर्को श्वरमा उनी खेलाडीलाई सम्झाइरहेका थिए । प्लेयर बक्सबाट रविनको असन्तुष्टि पनि सुनिन्थ्यो ।

उषाले पेनाल्टी बचाएसँगै खेल गोलरहित बराबरी हुने बाटोमा गइरहेको थियो । पुलिस भने जसरी पनि प्रतिष्ठा जोगाउने प्रयासमा थियो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा घिमकुमारीले लेफ्ट साइडबाट अकर्की वैकल्पिक खेलाडी सपना थेबेलाई गोलका लागि कट्ब्याक मिलाइदिइन् । तर, सपनाको प्रहार चन्द्रपुरकी सरीताकुमारी नाथको हातमा लाग्दै गोलकिपर उषा थापासम्म पुग्यो र उषाले बल सहजै नियन्त्रणमा लिइन् । त्यसपछि सातदोबाटोको माहोलले अर्कै रुप लियो । प्लेयर बक्समा बसिरहेका रविन र टोली व्यावस्थापक श्रवणकुुमार झा बाहिर आए र रेफ्रीको निर्णयमा असन्तुष्टी पोखे । फुटबलको रमाइलो नै यही हो । अझ पुलिस त गोलको खोजीमा थियो ।

खेल सकिएपछि भोला पुनः फोर्थ अफिसियल उमेश बिडारीसामू पुगे । भोलामा अझै पनि पेनाल्टी नदिएको आक्रोष बाँकी थियो । बिडारीसँगको संवादपछि उनी भिआइपी बक्समा रहेका पदाधिकारीलाई सुनाउँदै थिए, ‘रेफ्रिलाई भन्नु त पर्यो नी ! यसले हाम्रो अंकतालिकामा असर गर्छ । हो कि होइन ?’

लिगमा ६ खेल सकिँदा पुलिस १२ अंकका साथ तेस्रो र चन्द्रपुर समान खेलबाट सात अंक जोड्दै छैटौं स्थानमा यथावत छन् । आर्मी १३ अंकका साथ दोस्रो स्थानमा छ भने एपिएफ १६ अंकका साथ शीर्ष स्थानमा छ ।

खेलपछि भोलाले विभागीय टोलीको खेल हुँदा विभागमा आवद्ध रहेका रेफ्रीलाई जिम्मेवारी नदिन आयोजकसँग आग्रह गरे । विभागका रेफ्रीले खेलाउँदा विवाद निम्तिन सक्ने उनको तर्क थियो ।

‘मैले रेफ्रीहरुलाई दोष दिएको होइन । खेलमा गल्तीहरु हुन्छन् । तर, पुलिस, एपिएफ र आर्मीको खेल हुँदा विभागमा आबद्ध रेफ्रीहरुलाई जिम्मेवारी नदिन आग्रह गर्न चाहन्छु,’ भोलाले भने, ‘खेल चलिरहँदा होस् या पछि, यसले विवाद निम्त्याउन सक्छ । हामी विभागीय टोली अंकतालिकामा शीर्ष तीनको होडमा छौं । रेफ्रीका गलत निर्णयले अंकतालिकामा तल–माथि हुन सक्छ ।’

बुधबारको खेलमा विश्वास कार्की मुख्य रेफ्रीको भूमिकामा थिए भने तुफानकुमार लिम्बू र भोगेन्द्रकुमार यादवले सहायक रेफ्रीको जिम्मेवारी सम्हालेका थिए ।

पुलिस र चन्द्रपुरबीचको खेल सुरु हुनुपूर्व दुवै टिमका कप्तानसँग रेफ्रीहरु । तस्बिरः एन्फा

‘हामीबाट शीर्ष स्थानको आशा लगभग उम्किइ सक्यो । अबको हाम्रो लक्ष्य भनेको कम्तिमा पनि शीर्ष तीनमा अटाउने हो,’ भोलाले भने, ‘लिगमा अब तीन खेल बाँकी छन् । यो तिनवटै खेलमा हामी जित निकाल्न प्रयास गर्नेछौं ।’

पुलिसले अब वालिङ नगरपालिका, कर्णाली प्रदेश र संकटा क्लबसँग खेल्न बाँकी छ । तुलनात्मक हिसाबले हेर्ने हो भने यी सबै पुलिसभन्दा कमजोर टोली हु्न् । कम्तीमा कागजमा । तर, फुटबलमा कमजोर टोलीले पनि बलिया टोलीलाई अफ्ठ्यारोमा पार्न सक्छन भन्ने कुरा आजको खेलले प्रमाणित गरिसकेको छ ।

चन्द्रपुर बुधबार पुलिसविरुद्ध कम्तिमा पनि बराबरीको योजनाका साथ मैदान उत्रिएको थियो । तर, खेलाडीले क्षमताभन्दा पनि माथिको खेल प्रस्तुत गरे । मुख्य प्रशिक्षक पारस चौधरी आफँले यस्तो प्रदर्शन अपेक्षा नगरेको बताए ।

‘विभागीय टोलीविरुद्ध हाम्रो लक्ष्य भनेको हार कसरी टार्न सकिन्छ भन्ने मात्र हुन्छ । तर, आज खेलाडीले एकदमै राम्रो खेले । हामीले पहिलो हाफमा पुलिसलाई रोक्न सफल भयौं,’ चौधरीले भने, ‘खेल्दा खेल्दै रौनक नै फरक भयो । पछि त गोल नै गर्ला की भन्ने भयो । पेनाल्टी असफल हुँदा तीन अंक गुमायौं ।’

चन्द्रपुरकी मिडफिल्डर दीलकुमारीले फितलो पेनाल्टी प्रहार गरेकी थिइन् । जसलाई बचाउन गोलकिपर उषा (नाथ) लाई कुनै पनि गाह्रो भएन । दीलकुमारीले पहिलो बारमा गरेको लोअर प्रहार उषाले सहजै बचाएकी थिइन् ।

‘हामीसँग पेनाल्टी हान्ने खेलाडी नभएका होइनन् । पहिलो रोजाइकी फरवार्ड रजनी (थोकर) घाइते थिइन्, त्यसपछि रक्षक सजनी (थोकर)ले आफू थाकेको बताइन । त्यसैले हामीले दीलकुमारीलाई मौका दिएका हौं,’ चौधरीले भने ।

चन्द्रपुरले अबका खेलमा क्रमशः अर्को विभागीय टोली आर्मी, कोशी प्रदेश र वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष पाँचमा सहजै अटाउने हो भने चन्द्रपुरलाई कम्तिमा पनि दुई जित अत्यावश्यक छ । यसका लागि पुलिसविरुद्धको अंक टोलीको प्रेरणा बन्न सक्छ । प्रशिक्षक आफैँले भनेका थिए, ‘आजको खेलले खेलाडीको मनोबल उच्च भएको छ । आर्मीसँग यो भन्दा पनि राम्रो खेल्छौं ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024