माघ २, २०८१ बुधबार | १४:१०:१८
जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन

एन्फासँगकाे बैठकमा उपस्थित भएनन् ‘बी’ डिभिजन क्लब

काठमाडौं । ‘बी’ डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ( एन्फा) ले आइतबारका लागि बोलाएको बैठक बहिस्कार गरेका छन् । 

एन्फा महासचिव किरण राईले ‘बी’ डिभिजन १४ क्लबलाई पत्र काट्दै बैठकमा उपस्थित हुने आग्रह गरेका थिए । बैठक दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने तय थियो । तर कुनैपनि क्लब बैठकमा उपस्थित भएनन् ।

‘बी’ डिभिजन क्लब संयोजक कुमार राजभण्डारीले एन्फाले आफ्ना माग पूरा नगरेकाले बैठकमा नजाने निर्णय गरेको बताए । 

‘हामीले केही दिन अगाडि मध्यपुरमाथिको कारवाही फिर्ता गर्नुपर्ने मागसहित एन्फालाई ध्यानकर्षणपत्र बुझाएका थियौं,’ राजभण्डारीले भने,‘एन्फाबाट कुनै जवाफ आएको छैन । हामीले पत्रमा कारवाही नहटेसम्म कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने बताएका थियौं । त्यही अनुरुप बैठकमा नजाने निर्णय गरेका हौं । माग पूरा नभएसम्म कुनैपनि गतिविधिमा सहभागी हुने छैनौं ।’

पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गर्ने निर्णय गरेको थियो । मध्यपुरले विधान विपरित कार्य गरेको भन्दै कार्यसमिति बैठकबाट अर्को निर्णय नभएसम्मका लागि फुटबलको कुनै गतिविधिमा सहभागी नगराउने एन्फाको निर्णय थियो ।

त्यसपछि पुस ५ गते असन्तुष्ट १२ क्लबले संयुक्त हस्ताक्षरसहित मध्यपुरलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाईध्यानाकर्षण पत्र बुझाएका थिए ।

यस्तै एन्फाले बाँकी बक्यौता रकम उपलब्ध गराउन नसक्दा दुई वर्षयता ‘बी’ डिभिजन लिग सुरू हुन सकेको छैन ।

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO