फाल्गुन २६, २०८२ मंगलबार | १४:५८:१६
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई

काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड–२०८१ मा पारा एथलेटिक्सअन्तर्गत लंगजम्पकी प्रभा आङदम्बेल वर्षको उत्कृष्ट पारा खेलाडी चुनिएकी छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा प्रभा वर्षको उत्कृष्ट पारा खेलाडी चुनिएकी हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

प्रभाको कथा

प्रभा आङदम्बेले नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पुरा भएको छैन । तर छोटो समयमा उनको खेल जीवनले यस्तो रफ्तार लिएको छ की मानौं उनी लामो समय देखि यसको भोको थियो ।

खेल प्रति मोह थियो, क्षमता पनि थियो। तर बाटो भेट्टाएकी थिइनन् उनले । आठ महिना अगाडि राखेपले आयोजना गरेको पहिलो विश्वविद्यालय खेलकुदमा प्रभा नेपाल ल क्याम्पसबाट १५ सय मिटर दौडमा सहभागि भइन् ।
  
तर त्यो पारा होइन सपांगको प्रतिस्पर्धा थियो । उनी चौथो भइन् । र, यो नै प्रभाको खेल क्षेत्रमा प्रवेश गर्ने ’टर्निङ प्वाइन्ट’ बन्यो ।

उनी पारा एथलेटिक्सको पदाधिका रीको नजरमा परिहाल्यो ।

अनि पारा गेममा उनको इन्ट्री भयो।  दोस्रो वागमती नेसनल लेभल पारा एथलेटिक्स च्याम्पियनसिप खेल्दा प्रभाले ८ सय र १५ सय मिटर दौडमा स्वर्ण जितिसकेकी थिइन् ।
यसले उनको अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्यो ।

दुबईमा भएको विश्व पारा एथलेटिक्स दुबई ग्राँ प्रिक्स उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । नयाँ दिल्लीमा भएको अर्को संस्करणमा नै उनले ऐतिहासिक रजत पदक जित्न सफल भइन् ।

टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ऐतिहासिक रजत जितेकी हुन्। जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा  उनले ३.९६ मिटर उचाई नाघेकी थिइन् । यो नै पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो ।

पाँचथर फिदिम ६, सेपेनीमा ०५८ सालमा जन्मेकी  ५ दिदीबहिनीमा जेठी प्रभाको जन्मजात दाहिने हातको कुहिनामुनिको भाग छैन ।

यो पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको जस्तै क्याटेगोरी हो। प्रभाको लक्ष्य पनि पलेशा जस्तै एकपछि अर्को सफलता प्राप्त गर्नै देखिन्छ ।

नयाँ दिल्लीको रजतले प्रभा भारतमै असोजमा भारतमै हुने पारा एथलेटिक्सको वल्र्ड च्याम्पियनसिपमा छनोट भइसकेकी छिन् । अब उनको लक्ष्य हो वल्र्ड च्याम्पियनसिपमा अनि त्यसपछि अर्कोवर्ष जापानको नागोयामा हुने पारा एसियन गेममा पदक जित्ने ।

प्रभाको प्रवेश पारा एथलेटमा नयाँ स्टारको रुपमा भइसकेको छ । कानुनकी विद्यार्थी रहेकी उनमा सफलताका लागि संघर्ष गर्ने क्षमता र ढृढता दुबै देखिन्छ ।

अब पालो हो पलेशा पछि प्रभाको । उनलाई खाँचो छ त केवल हौसलाको। यी नै प्रतिभाशाली प्रभालाई नेपाल खेलकुद पत्रकार मञ्च प्रदान गर्छ एनएसजेएफ पारा एथलेट अवार्ड २०८१ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||