फाल्गुन २६, २०८२ मंगलबार | १४:५६:५४
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र

तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित

काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड–२०८१ मा तेक्वान्दोका तुलसी गुरुङ स्पेसल अवार्डबाट सम्मानित भएका छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा गुरुङ स्पेसल व्यक्तित्व बनेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

तुलसी गुरुङको बारेमा

खेलले व्यक्ति, समुदाय र राष्ट्रलाई नै पहिचान दिन्छ । आफ्नो मेहनतबाट खेलकर्मीले प्राप्त गर्ने उपलब्धि उनको व्यक्तिगत मात्र नभई राष्ट्रका लागि नै गर्वको बिषय हुन्छ । त्यो भौतिक उपलब्धि जब आफ्नो जन्मभुमि, अझ जन्मथलोकै खेल बिकासमा समर्पित हुन्छ, तब त्यो कर्म साँच्ची कै सराहनीय बन्न पुग्छ ।

नेपाली खेलकुदमा त्यस्तै अभुतपुर्व उपलब्धि हासिल गर्ने एक पोखरेली हुन् तुलसी कुमार गुरुङ ।  

विश्व तेक्वान्दो मंचमा छाएका तुलसीले गतवर्ष दक्षिण कोरियाको कुक्किवोनबाट ९औँ डान ब्ल्याक बेल्ट प्राप्त गरे । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् ।

पोखराको वर्चोकमा जन्मिएका मसिनो जिउडाल तुलसी सानो उमेरमै छेलो हान्ने जस्तो बलको प्रयोग हुने खेलमा अब्बल थिए । १७ वर्षको उमेरमा ब्रिटिश गोर्खा सेनामा भर्ती भएपछि उनको जीवनले नयाँ मोड लियो । पोखरेली डाँडाकाँडामा छेलो हानेर रमाउने केटोको तेक्वोन्दो यात्रा त्यहि बाट सुरु भयो ।

हङकङलाई कर्मथलो बनाएका तुलसीले त्यहाँ लगातार प्रतियोगिता जितेर तहल्का मच्चाए। विश्व तेक्वान्दो च्याम्पियनसिपसम्म खेले ।

तर आफ्नो जन्मभूमीको खेलकुदमा केहि गर्ने हूटहूटीले संधै पोलिरह्यो । त्यसैले सन् २००१ मा उनले हङकङ नेपाली तेक्वान्दो संघ स्थापना गरेर नेपाली तेक्वान्दोमा जोडिए। र त्यसयता झन्डै ३ दशकको तेक्वान्दो यात्रामा उनी नेपाली खेलकुद विकासमा जोडिरहेका छन्। सन् २०१३ मा उनी हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त भए, जुन नेपालीको लागि गर्वको विषय बन्यो ।

यद्यपी तुलसीको मन भने बेचैनी अझै बाँकी नै रह्यो । नेपाली खेलकुदका लागि केही गर्ने उनको चाहना पुगेकै थिएन ।

त्यसैले हाल उनले पोखरामा फिट नेपाल स्पोट्र्स प्लेकस् खोलेका छन्। त्यसको उदेश्य हो उच्चकोटीको सुबिधा सहित केटाकेटीलाई ब्याटमिन्टन लगायत विभिन्न खेलको नियमित प्रशिक्षण दिने र ओलम्पिकको बाटोसम्म डोहोेर्याउने ।

ब्यक्तिगत उपलब्धिको गौरव र त्यो भन्दा माथि उठेर आफ्नो जन्मभूमिको खेलकुद बिकासमा देखिएको गुरुंगको समर्पणको उच्च कदर गर्दै नेपाल खेलकुद पत्रकार मंच उनलाई प्रदान गर्दछ पल्सर स्पेसल अवार्ड २०८१ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||