फाल्गुन २६, २०८२ मंगलबार | १४:५९:१०
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड

काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड–२०८१ मा खो–खोको महिला र पुरुष टिमले टिम अफ दी इयर अवार्ड जितेको छ ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा खो–खोको टिम वर्षको उत्कृष्ट खेल टिम बनेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

खो–खो टिमको बारेमा

वर्ष २०८१ मा नेपाली खेलकुदले एकपछि अर्को उच्च अन्तर्राष्ट्रिय पदक भित्राउने क्रममा खो खो ले नयाँ इतिहास रच्न सफल भयो ।

भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा पुरुष र महिला दुबै टोलीले एकै दिन उपविजेता बन्दै ऐतिहासिक रजत पदक जित्यो ।

नेपालको कुनै पनि ‘टिम गेम’ ले विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो। त्यसैले यो नेपाली खेलकुद क्षेत्रकै लागि ऐतिहासिक क्षण बन्यो ।

१२ औं सागमा काश्य तथा नेपालमा सम्पन्न १३औँ सागमा रजत पदक जितेपनि छायाँमा परिरहेको खो खो टोली गुपचुप नयाँदिल्लीमा पुगे । तर जब विश्वकपको उपविजेता बनेर फर्कियो, टोलीले गजबको वाहवाही बटुल्यो ।

विश्वकपमा महिला टोलीले समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई तथा क्वाटर फाइलमा इरान र सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो ।
  
पुरुष टोलीले समूह चरणमा पेरु, ब्राजिल र भुटान हरायो भने क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा इरानलाई हराएको थियो । फाइनलमा दुबै टोली भारतसँग हारेको थियो ।

ठूलो खेल होइन, सम्भावित खेलमा पदक भेटिन्छ भन्ने उदाहरण हो खो खो खेल । नेपालीलाई ऐतिहासिक दुई विश्वकप रजत दिलाउने खोखोको पुरुष र महिला टोली बनेको छ एनएसजेएफ पल्सर टिम अफ द इयर २०८१ । .
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||