काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड–२०८१ मा खो–खोको महिला र पुरुष टिमले टिम अफ दी इयर अवार्ड जितेको छ ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा खो–खोको टिम वर्षको उत्कृष्ट खेल टिम बनेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।
खो–खो टिमको बारेमा
वर्ष २०८१ मा नेपाली खेलकुदले एकपछि अर्को उच्च अन्तर्राष्ट्रिय पदक भित्राउने क्रममा खो खो ले नयाँ इतिहास रच्न सफल भयो ।
भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा पुरुष र महिला दुबै टोलीले एकै दिन उपविजेता बन्दै ऐतिहासिक रजत पदक जित्यो ।
नेपालको कुनै पनि ‘टिम गेम’ ले विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो। त्यसैले यो नेपाली खेलकुद क्षेत्रकै लागि ऐतिहासिक क्षण बन्यो ।
१२ औं सागमा काश्य तथा नेपालमा सम्पन्न १३औँ सागमा रजत पदक जितेपनि छायाँमा परिरहेको खो खो टोली गुपचुप नयाँदिल्लीमा पुगे । तर जब विश्वकपको उपविजेता बनेर फर्कियो, टोलीले गजबको वाहवाही बटुल्यो ।

विश्वकपमा महिला टोलीले समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई तथा क्वाटर फाइलमा इरान र सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो ।
पुरुष टोलीले समूह चरणमा पेरु, ब्राजिल र भुटान हरायो भने क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा इरानलाई हराएको थियो । फाइनलमा दुबै टोली भारतसँग हारेको थियो ।
ठूलो खेल होइन, सम्भावित खेलमा पदक भेटिन्छ भन्ने उदाहरण हो खो खो खेल । नेपालीलाई ऐतिहासिक दुई विश्वकप रजत दिलाउने खोखोको पुरुष र महिला टोली बनेको छ एनएसजेएफ पल्सर टिम अफ द इयर २०८१ । .
