फाल्गुन २६, २०८२ मंगलबार | १४:५५:३६
एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।

अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।  

पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||