पुस २०, २०८२ सोमबार | ०९:०४:३२
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु

काठमाडौं । पछिल्लो तीन दशक जतिको समयमा नेपाली खेलकुदमा कुन खास खेल हाबी रह्यो त ? को कस्ता खेलाडी चम्के त ? यसको एकमुस्ट उत्तर खोज्ने हो भने अन्यत्र कतै जानु पदैन्, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको इतिहास पल्टाए हुन्छ । वर्ष खेलाडी पुरस्कारको रूपमा ०५३ मा सुरु भएको यो अवार्ड वर्ष ०८२ आइपुग्दा २२ औं संस्करण पोखरामा आयोजना हुँदैछ । यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चश्व रहने हो, जसले खास एक वर्ष राम्रो गरेको हुने गर्छ ।

यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूची बनाउने हो भने धेरै कुरा हाम्रोसामु आउँछ, अनि भनिरहनु पर्ने छैन्, यसले एक खाले रोमाञ्चकता र सनसनी दिन्छ । आखिरमा खेलकुदमा तथ्यांकका कथा यति धेरै बेजोड हुने गर्छन् । अहिलेसम्म आयोजना २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो, किनभने त्यति बेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि रहेको छ ।

तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चार पल्ट अवार्ड जिते । उनले सबैभन्दा पहिले २०६६ मा जिते । अनि २०६९ र २०७० मा लगातार फेरि जिते । उनले २०७४ मा अन्तिम पटक यो अवार्ड जिते । त्यसैले त उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिंदा यो जत्तिको न्यायोचित अरू केही देखिएन् । अनि पारस पछिल्लो केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ ।

उनीपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुई पल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । त्यसमध्ये दीपक त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । एक पल्ट यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्ट छन् । क्रिकेटबाटै यो अवार्ड जित्ने अर्को एक खेलाडी विनोद दास थिए । पोहोर मात्रै क्रिकेटकै रोहित पौडेलले जितेका थिए ।

राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयको अन्तरमा दीपक अधिकारीले यो विधाको विजेता रहे । त्यस बाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एक पल्ट यो अवार्ड हात पारे । खेलको आधार भन्दा क्रिकेटले छ पल्ट र फुटबलले पाँच पल्ट यो अवार्ड जितेका छन् । एथलेटिक्सले तीन र तेक्वान्दोले दुई दुई अवसरमा यो अवार्ड आप्mनो नाममा लेखाए । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले एक एक पल्ट यो अवार्ड जित्न सक्यो ।

यसपाली गण्डकीमा अवार्ड हुँदैछ। पोखरेली खेलाडी युुकेश गुुरुङले पोखराकै विशेष खेलको पहिचान बोकेको प्याराग्लाइडिङ खेलबाट उत्कृष्ट खेलाडी बनेका हुन्। उनको टोलीले इन्डोनेसियाको एसियाली खेलमा पदक जितेर।

यसपाली क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिह ऐरी, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, खो खो का जनक चन्द र उसुका विजय सिँजालीले वर्षको उत्कृष्ट खेलाडीमा दावी गरेका छन्। हेरौं कसले बाजी मार्ला।  

 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA