फाल्गुन २६, २०८२ मंगलबार | १४:५७:१६
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र

‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले यही पुस २३ गते आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा पोखराको म्याजेस्टीक लेक फ्रन्ट ‘अफिसियल होटल’ बनेको छ ।

एनएसजेएफले काठमाडौं बाहिर पहिलो पटक हुन लागेको अवार्ड कार्यक्रममा उपस्थित हुने खेलाडी, खेलकुद पदाधिकारी तथा अन्य अतिथिहरूको आवासको प्रवन्ध गर्न पोखरा लेकसाइडमा रहेको ‘म्याजेस्टीक लेक फ्रन्ट होटल एण्ड सुइट्स’ सँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टीक लेक फ्रन्टका अध्यक्ष सुनिल बहादुर भट्टराईले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार अवार्डका दौरान अवार्डको मुख्य सचिवालय म्याजेस्टीक लेक फ्रन्ट होटलमा रहनेछ भने अवार्डमा पोखरा बाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध यही होटेलमा गरिनेछ ।

म्याजेस्टीक लेक फ्रन्टका अध्यक्ष सुनिल बहादुर भट्टराइले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमा आफ्नो होटल जोडिन पाउनु गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । ’

मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ ।

खेलाडीले अघिल्लो वर्षभर गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिँदै आइएको छ । यस वर्ष पनि २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनलाई सफलतासम्म डो¥याउने प्रशिक्षकको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिने छ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्र्स अवार्ड प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ भने भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।   

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ ।

पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||