फाल्गुन १, २०८२ शुक्रबार | २३:३४:०२
प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल

नेपाली क्रिकेटका सदाबहार गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त

मन्त्री गुप्तासँग पद तथा गोपनियताको सपथ ग्रहण गर्दै प्रशिक्षक टमाटासहित एथ्लेटिक्सका शान्तकुमार महता, तेक्वान्दोका कुमार लामा घिसिङ, रोजेश खड्का र प्रयास कार्की ।

काठमाडौं । नेपाली क्रिकेटलाई विश्वकपको मञ्चसम्म डोर्याउने वरिष्ठ क्रिकेट प्रशिक्षक जगतबहादुर टमाटाको चार दशकभन्दा लामो खेलकुद सक्रियताको सम्मानस्वरुप शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा मनोनित गरेको छ ।

परिषदको रिक्त रहेको पाँच सदस्यको पदपूर्ति गर्ने क्रममा शुक्रबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली क्रिकेटका सदावाहर प्रशिक्षक टमाटासहित एथ्लेटिक्सका शान्तकुमार महता, तेक्वान्दोका कुमार लामा घिसिङ, रोजेश खड्का र प्रयास कार्कीलाई चार वर्षका लागि मनोनयन गरेका हुन् ।

डेढ दशकभन्दा लामो समयदेखि क्रिकेट प्रशिक्षण तथा त्यसको दुुई दशकअगाडिबाट खेलाडीका रुपमा सक्रिय हुँदै टमाटाले नेपाली क्रिकेटको जग हाल्न योगदान गरेका थिए ।

चार दशकभन्दा लामो समय खेलाडी तथा प्रशिक्षकको भूमिकामा रहेर निरन्तर नेपाली क्रिकेटको सेवा गर्ने क्रममा टमाटाले थुप्रै उपलब्धिहरु हासिल गरेका छन् ।

सपथ ग्रहणपछि मन्त्री गुप्ता र नवनियुक्त राखेप सदस्य टमाटा ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व मुख्य क्रिकेट प्रशिक्षक टमाटाकै प्रशिक्षणमा सन् २०११ एसिसी यु–१९ कपमा नेपाल उपविजेता बन्दै एसिया कप र विश्वकपका लागि छनोट भएको थियो ।

नेपालले सन् २०१२ मा आइसिसी यु–१९ विश्वकप खेल्दा भने उनी सहायक प्रशिक्षक थिए ।

यस्तै, टमाटाकै प्रशिक्षणमा नेपालले सन् २०१५ को छनोटमा विजेता बन्दै सन् २०१६ को आइसिसी यु–१९ विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । १९ वर्षमुनिको टोलीले सन् २०२४ मा आइसिसी एकदिवसीय विश्वकप खेल्दा पनि टमाटा नै नेपालको प्रशिक्षक थिए ।

टमाटाले नेपालको पुरुष तथा महिला सिनियर टोलीको प्रशिक्षण पनि सम्हालिसकेका छन् । नेपालले सन् २०१८ मा एकदविसीय मान्यता प्राप्त गर्दा प्रशिक्षकको रुपमा नेपाली टिमको नेतृत्व टमाटाले नै गरेका थिए ।

उनी २०७८ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस अवार्डमा दशकको उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भएका थिए ।

पछिल्लो पटक टमाटाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले लगातार दोस्रो सिजन फाइनलसम्मको यात्रा तय गरेको थियो ।

यसैगरी उनले एभरेस्ट प्रियिमर लिगमा सगरमाथ लिजेन्ड्सको पनि प्रशिक्षण सम्हालेका थिए ।


भिडियो
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator