पुस २५, २०८२ शनिबार | ०५:२६:२७
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

राखेप अवार्डः खो-खो टोली उत्कृष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो-खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ ।

सिनियरतर्फ पुरस्कृत भएका दुवै टाेलीलाई १ लाख रुपैयाँसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा भएको प्रथम खो-खो विश्वकप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत पदक जितेका थिए ।

खो-खो टिमसँगै जुनियरमा दुई र पारामा एक खेलाडी, १० कर्मचारी, तथा एक राष्ट्रिय खेल संघ,  एक प्रायोजक, दुई पत्रकार र एक स्थानियलाई सम्मान गरियो ।

जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार रुपैयाँसहित पुरस्कृत भए । अर्पिलले थाइल्यान्डमा भएको एसियाली यु-२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु-१९ मा कांस्य जितेका थिए । पूजाले विश्वकप एसियाली छनोटमा २७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् ।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् । पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी थिइन् ।

उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख  रुपैयाँसहित पुरस्कृत भयो । उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल प्रालि र उत्कृष्ट स्थानिय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत गरियो । उत्कृष्ट खेलकुद पत्रकारको पुरुषमा खेलाडी डट कमका अञ्जन खड्का र महिलामा मेरो खेल डट कमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मान भए ।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल ९प्रशासन० तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए । करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए । परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार रुपैयाँ  प्राप्त गरे ।

उनीहरूलाई राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, उपाध्यक्ष ध्रुव आचार्य,  सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||