पुस २५, २०८२ शनिबार | ०५:२५:५७
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

खेलाडीकर्मी खड्का सम्मानित

काठमाडौं । खेलाडी डटकमका समाचार संयोजक अञ्जन खड्का शुक्रबार नेपाल सरकारबाट सम्मानित भएका छन् ।

विगत १५ वर्षदेखि खेलकुद पत्रकारितामा पुर्याएको योगदानका लागि उनलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ६२औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरिएको हो ।

‘नेपाली खेलक्षत्रेले गरेका गतिविधिलाई सञ्चार माध्यमबाट आम नागरिकसम्म पुर्याउन गरेको भूमिका सम्मानयोग्य छ । खेलकुदको वृहत्तर हितका लागि रचनात्मक रुपमा पत्रकारिताको माध्यमबाट गरेको योगदानलाई उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको छ’, खड्काको सम्मानपत्रमा भनिएको छ ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव खड्कासँगै मेरोखेल डटकमकी लक्ष्मी शाक्य पनि सम्मानित भइन् ।

दुवैलाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मानित गरे । सो अवसरमा परिषदका सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, प्रवक्ता समिममिया अन्सारीलगायतको उपस्थिती थियो ।

नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि परिषदको वार्षिकोत्सवका अवसरमा खेल पत्रकारसँगै खेलाडी, प्रशिक्षक, कर्मचारी, संघ, निर्णायक, प्रायोजकलगायतका सरोकारवालालाई सम्मान गरिएको थियो । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||