काठमाडौं । भारतको फ्रेन्चाइजी क्रिकेट इण्डियन प्रिमियर लिग(आइपिएल) को दोस्रो सफल टोली मुम्बई इन्डियन्सले नयाँ सिजनको लागि आफ्नो तयारी सुरु गरेको छ ।
पाँच पटकको च्याम्पियन मुम्बई मार्च २९ मा वानखेडे रंगशालामा कोलकाता नाइटराइडर्सविरुद्ध खेल्दै सिजनको सुरुवात गर्नेछ । टोलीले शनिबारबाट सुरु गरेको औपचारिक अभ्यासमा नयाँ खेलाडीका साथमा मुख्य प्रशिक्षक महेला जयवर्धने पनि सहभागी थिए ।
मुम्बईले अक्सन अघि भएको खेलाडी रिटेनमा हार्दिक पाण्ड्या, रोहित शर्मा, सुर्यकुमार यादव, तिलक बर्मा, मिचेल स्यान्टेनर, जसप्रित बुमराह, तिलक बर्मा लगायतका खेलाडीलाई रिटेन गरेको थियो । मुम्बईले अक्सनबाट क्विटन डि कक, मंयक मारकन्डे, शेरफन रादरफोर्ड, शार्दुल ठाकुर लगायतका खेलाडीलाई टोलीमा अनुबन्ध गरको थियो ।
मुम्बईको अभ्यासमा लेगस्पिनर मयंक मार्कंडे, विग्नेश पुथुरको प्रतिस्थापन ल्याइएका खेलाडी रघु शर्मा, नमन धीर र माथिल्लो क्रमका ब्याटर दानिश मालेवार समावेश रहेका थिए ।
मुम्बईले गत सिजनमा आफ्ना लिगचरणका १४ खेलहरूमध्ये ८ जितेर प्लेअफमा पुगेमो थियो । इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराएको मुम्बईलाई क्वालिफायर २ मा पञ्जाब किंग्सले पराजित गरेको थियो ।
मुम्बईको वर्तमान टिम
हार्दिक पाण्ड्या, सुर्यकुमार यादव, रोहित शर्मा, तिलक बर्मा, क्विटन डि कक, रायन रिकल्टन, रोविन मिन्ज, डानिश मलेवार, मिचेल स्यान्टेनर शार्दुल ठाकुर, केर्विन वोस, शरफन रादरफोर्ड, विल ज्याक्स, मंयक रावत, नमन धिर,अर्थव अन्कोलेकर, राज अंगद बावा, ट्रेन्ट बोल्ट, दिपक चहर जसप्रित बुमराह, अश्विनी कुमार, मोहम्मद इजहार, रघु शर्मा, मंयक मारकन्डे, अल्लाह मोहम्मद गजान्फर
