काठमाडौं । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय(टियु) अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली पुरुष राष्ट्रिय टोलीले २ वर्ष पछि खेल्दै छ ।
टियुमा आगामी महिना नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज मार्फत २ वर्ष पछि पुनरागमन गर्न लागेको हो ।
नेपाली टोलीले सन् २०२४ को मे ४ मा टियु मैदानमा पछिल्लो खेल खेलेको थियो वेस्ट इण्डिज ए विरुद्धको खेल औपचारिक भने रहेको थिएन । नेपाल टियुमा सन् २०२४ मार्च ५ मा अन्तिम पटक औपचारिक खेलमा उत्रिएको थियो ।
पछिल्लो पटक नेपालले टियुमा नेदरल्याण्ड्स तथा नामिबीया सहभागी त्रिकोणात्मक ट्वान्टी २० आई सिरिजको फाइनलमा खेलेको थियो । फाइनल खेल नेपालले नेदरल्याण्ड्ससँग खेलेको थियो ।
नेपालले लिग टु अन्तर्गत ओमान तथा युएई सहभागी रहने त्रिकोणात्मक ओडिआई सिरिजबाट टियु मैदानमा पुनरागमन गर्दैछ । नेपालले सिरिजको पहिलो खेल मार्च १० अर्थात फागुन २६ मा ओमानविरुद्ध खेल्दै सुरु गर्नेछ ।
ओमान, युएई र नेपाल बीचको खेल तालिका
नेपालविरुद्ध ओमान मार्च १० (फागुन २६)
ओमानविरुद्ध युएई मार्च १२ (फागुन २८)
नेपालविरुद्ध युएई मार्च १४ (फागुन ३०)
नेपालविरुद्ध ओमान मार्च १६ (चैत २)
ओमानविरुद्ध युएई मार्च १८ (चैत ४)
नेपालविरुद्ध युएई मार्च २० (चैत ६)
८ राष्ट्र सहभागी लिग २ मा नेपाल १२ अंकका साथ सातौं स्थानमा छ ।
