फाल्गुन ५, २०८२ मंगलबार | १७:०८:१३
समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा

समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी

काठमाडौं । क्यानाडा राष्ट्रिय टोलीका ओपनर युवराज समरा ट्वान्टी-२० विश्वकपमा शतक बनाउँने पहिलो क्रिकेटर बनेका छन् । समराले भारत र श्रीलंकामा जारी ट्वान्टी-२० विश्वकपमा न्युजिल्याण्डसँग पराजित भएको मंगलबारको खेलमा ५८ बलमा शतक बनाएका हुन् ।

एसोसिएट राष्ट्रिका खेलाडीमध्ये यसअघि अमेरिकाका आरोन जोन्सले क्यानाडाविरुद्ध बनाएको ९४ रन अहिलेसम्मको सबभन्दा ठूलो स्कोर थियो । १९ वर्षीय सामरा ६५ बलमा १ सय १० रन बनाउँदै आउट भए । उनको शतकको सहयोगमा क्यानाडाले न्युजिल्याण्डलाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।

जारी विश्वकपमा शतक बनाउँने समरा दोस्रा खेलाडी हुन् । सोमबार मात्र अस्ट्रेलियाविरुद्धको खेलमा पथुम निशंकाले शतक प्रहार गरेका थिए । विश्वकपले दशौं संस्करणको यात्रा गरिरहँदा समराले प्रहार गरेको शतक समग्रमा तेह्रौं शतक हो । 

हालसम्म विश्वकपमा वेस्ट इण्डिजका क्रिस गेलले मात्र दुई पटक शतक प्रहार गरेका छन् । हालसम्म न्युजिल्याण्ड, श्रीलंका र इङ्ल्याण्डका समान दुई खेलाडीले तथा वेस्ट इण्डिज, दक्षिण अफ्रिका, बंगलादेश, भारत, क्यानाडा र पाकिस्तानका समान एक खेलाडीले शतक बनाएका छन् । 


भिडियो
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
RASMI KUMARI GHISHING ले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026