फाल्गुन २, २०८२ शनिबार | ०१:१४:३५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन

ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद

काठमाडौं । विश्व क्रिकेटमा कहिलेकाहीं त्यस्ता खास घटना हुन्छन्, जुन आम खेलप्रेमीका लागि पचाउनै गाह्रो हुन्छ । यस्तै एउटा घटना यसपालि ट्वान्टी–२० विश्वकपको क्रममा देखियो ।

यो विश्वकपको एउटा विशेषता नै रह्यो, विवाद र अन्योल । प्रतियोगिता सुरु हुनु अगाडि नै बंगलादेशले सुरक्षाको कारण देखाएर भारतमा खेल्न अस्वीकार गर्यो । बंगलादेशले आफ्ना खेल श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले त्यसलाई मानेन र बंगलादेशलाई प्रतियोगिताबाट हटायो । उसको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गर्यो । त्यसकै विरोधमा पाकिस्तानले फेरि अर्को निर्णय गर्यो, भारतविरुद्ध कोलम्बोमा हुने खेल बहिष्कार गर्ने ।

वार्ताको टेबलमा के पनि निर्णय भयो भने विश्वकप बहिष्कार गरेकोमा बंगलादेशलाई कुनै कारवाही हुने छैन । बरू उसलाई केही खास ठूला प्रतियोगिता आयोजना गर्ने अवसर दिइने छ ।

यसले विश्व क्रिकेटमा ठूलै तहल्का मच्चायो । भए जति सबै पाकिस्तानलाई मनाउनतर्फ लागे । यो एउटा यस्तो खेल थियो, जुन भएन भने आइसिसीलाई कम्तीमा ५० करोड डलर घाटा हुन सक्थ्यो ।

यस्तोमा दुबईमा एउटा त्रिपक्षीय बैठक बस्यो । जसमा सहभागिता थियो आइसिसी, पाकिस्तान र बंगलादेशका क्रिकेट बोर्डका प्रतिनिधिहरुको । लगतै सुरुमा बंगलादेशले पाकिस्तानलाई भन्यो, भारतविरुद्धको खेल अब खेले हुन्छ । पाकिस्तानले पनि त्यसलाई मानिहाल्यो ।

तर वार्ताको टेबलमा के पनि निर्णय भयो भने विश्वकप बहिष्कार गरेकोमा बंगलादेशलाई कुनै कारवाही हुने छैन । बरू उसलाई केही खास ठूला प्रतियोगिता आयोजना गर्ने अवसर दिइने छ ।

पाकिस्तानलाई त झन कसले पो कारबाही गर्ने र ? उसलाई पनि उल्टै सहयोग बढाउने वाचा आइसिसीले गर्यो । भारतीय मिडियालाई विश्वास गर्ने हो भने पाकिस्तानले जे जति बहिष्कारको नाटक रचेको थियो, त्यो आफू अनुकूल स्थिति बनाउन नै मात्र थियो ।

पाकिस्तानले नखेल्ने भनेर धम्की मात्र दिएको थियो, उसलाई पनि के राम्रोसँग थाहा थियो भने भारतविरुद्ध नखेलेर उसलाई सुखै छैन । त्यसैले सुरुमा नखेल्ने भनेर पछि खेल्न तयार भयो ।

 क्रिकेट भित्र के भइरहेको छ वा यस्तो पनि हुनसक्छ र भने कसैले धेरै वास्तै नै राखेनन् ।

बंगलादेशलाई के थाहा थियो भने भावनामा बगेर भारतमा विश्वकप नखेल्ने निर्णय त गरियो, तर यसले उसलाई अनेक समस्यामा पार्न सक्थ्यो ।

भारतले चाँही यसलाई चुपचाप हेरेर मज्जा लिइरहेको थियो । विश्व क्रिकेट नै आफूले भनेजसरी चलिरहेको बेला भारतलाई थप गर्नु नै के थियो र ? यो सबै घटनाक्रमले विश्व त्रिकेट भने एक प्रकारले हारेको छ । जति विवाद भए, त्यसले क्रिकेट आफैलाई भने घाटा गरेको छ ।

सायद यस्तो नहुन पनि सक्छ, किनभने क्रिकेट खास–खास देशमा मात्र खेलिन्छ, यो खेलमा प्रभुत्व भएका देश भनेका थोरै छन्, विशेषतः भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड ।

बंगलादेशको विश्वकप नखेल्ने निर्णय र पाकिस्तानको बहिष्कारको धम्कीलाई खाली भूराजनीतिको दृष्टिकोणले मात्र हेरियो । विश्वले यसै अनुसार विश्लेषण गर्ने प्रयास मात्र गरेको थियो । क्रिकेट भित्र के भइरहेको छ वा यस्तो पनि हुनसक्छ र भने कसैले धेरै वास्तै नै राखेनन् ।